Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
दाेधारा चादनी
२०८० फागुन ३० गते बुधबार

एमाले अध्यक्ष ओली बिहिवार दाेधारा चाँदनी जाँदै

नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दोधारा चाँदनी जाने भएका छन् । एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन उद्घाटनका लागि आउन लागेका ओली बिहीबार विहान दोधारा चाँदनी जान लागेका हुन् ।
एमाले दोधारा चाँदनी नगर कमिटी सचिव याेगेश भाटका अनुुसार अध्यक्ष ओलीले विहान ९ बजे सुख्खा बन्दरगाह निरीक्षण र देधारा चाँदनी नगरपालिका ६ नम्बर वडा कार्यालय भवन उद्घाटन गर्ने भएका छन् । एमाले नगर सचिव भाटले अध्यक्ष ओली सहभागी हुने सबै कार्यक्रममा सहभागिताका लागि आग्रह गरेका छन् ।


#केपि ओली

प्रतिक्रिया