Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत ०२ गते शुक्रबार

राजेन्द्र र बाबाहंसले हुलाकि सडक अलपत्र पारेपछी क्रान्तिकारी एक्सनमा

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपाल कैलालीले राजेन्द्र निर्माण सेवा प्रा.लि र बाबाहंस सिद्विकिशाहि कन्ट्रक्सनद्वारा कञ्चनपुरको दैजी,बेल्डाँडी,बेलौरी,पुनर्वास र डोकेबजार हुँदै कैलाली जोड्ने हुलाकी सडक राजमार्ग निर्माण कार्य ६ पटक म्याद थपि सक्दा पनि काम अगाडि नबढाएको भन्दै हुलाकी सडक कार्यालय धनगढीमा तालाबन्दी गरेको संगठनका प्रदेश संयोजक दिपेन्द्र ऐरीले बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘राजेन्द्र निर्माण सेवा प्रा.लि र बाबाहंस सिद्विकिशाहि कन्ट्रक्शन द्वारा कञ्चनपुरको दैजी,बेल्डाँडी,बेलौरी,पुनर्वास र डोकेबजार हँुदै कैलाली जोड्ने हुलाकी सडक राजमार्ग निर्माण कार्य अहिले सम्म ६ पटक म्याद थपि सक्दा पनि काम अगाडि नबढाउने कार्य प्रति हाम्रो संगठन क्रान्तिकारी युवा संगठन नेपाल को गम्भिर ध्यानाकर्षण भएको छ । हाम्रो संगठन ले पटक पटक निर्माणाधिन अवस्ता मा रहेको कार्य अगाडि बढाउन अपिल गर्दा पनि वेवास्ता गर्ने र सरकार पनि काम नगर्ने निर्माण व्यवसायिहरु लाई संरक्षण गर्ने उदेश्यले संसोधन ल्याई संरक्षण गरी राख्ने भएका ले हाम्रो संगठन ले यो कार्यालय मा ताला बन्द गर्न बाध्य भएको छ । हाम्रो संगठनले लगाएको ताला हटाउने प्रयास गरे हामी कार्यलय प्रमुखका विरुद्ध कडा संघर्षमा उत्रिन बाध्य हुनेछौँ ।’


#हुलाकि सडक

प्रतिक्रिया