Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत ०५ गते सोमबार

निसीखोला बस दुर्घटनामा घाइते भएका ३१ जनाको उद्धार गरिएको छ । बागलुङ प्रहरीका अनुसार ७ जनाको घटना स्थलमै मृत्यु भएको छ । 
रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
हालसम्म ७ जना घाइतेहरूलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको बागलुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ । 
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


#बाग्लुङ बस दुर्घटना

प्रतिक्रिया