Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत ०९ गते शुक्रबार

डिलासैनीका  एक पुरुषले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बिहीबार डिलाशैनी गाउँपालिका वडा नम्बर- ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले आफ्नै श्रीमतीको हत्या गरेका हुन्।
प्रहरी स्रोतकाअनुसार कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या भएको हो। कोदालो प्रहारबाट घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
 जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दिपक गिरीले धामीकै कुटपिटबाट दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट पनि घाइते भएको जानकारी दिए।
पालिकाका कर्मचारी धामीको घरमा भाडामा बस्ने गर्दथे, उपचारकाे लागि हेलिकप्टर बाट काेहलपुर रिफर  गरिएकाे बैतडि प्रहरी प्रवक्ताले बताएका छन ।
घटना र विवादबारे थप विवरण भने खुलेको छैन। कुटपिट गर्नेलाई भने जिल्ला प्रहरी कार्यालय बैतडीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।


#डिलासैनीमा काेलालाे प्रहार

प्रतिक्रिया