Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत ०९ गते शुक्रबार

महेन्द्रनगर बजारमा अनुगमन, ढक र करमा देखियाे समस्या ।

महेन्द्रनगर बजार अनुगमन गरिएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा विभिन्न सरोकारवाला निकाय सहितले संयुक्त रुपमा गरेका हुन् ।
महेन्द्रनगर बजारको सब्जीमन्डीदेखि मासु पसल र फड्मा राखिएका फलफूल लगायतका पसलको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए ।
‘अनुगमनका क्रममा सडेगलेका तरकारी, फलफूलदेखि जोख्ने ढकहरूमा सन्तुलन नभएको समेत भेटियो ।’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘बजार क्षेत्रमा फड्मा फलफूल बिक्री गर्नेहरूले नगरपालिकालाई कर बुझाएको विषय पनि स्पष्ट देखिएन।’
उनले करदाताको पहिचान नै नहुने गरी कर सङ्कलन भए÷नभएको विषयमा भीमदत्त नगरपालिकालाई पत्राचार समेत गरिने बताए। ‘अनुगमनका क्रममा मासु पसलमा सरसफाइको निकै अभाव पनि देखियो।’ उनले भने, ‘सुधारका लागि पहिलो पटक हामीले निर्देशन दिएका छौँ ।’
त्यसैगरी नयाँ सब्जीमन्डीमा ढक÷तराजुमा गडबढी देखिएका पाँच÷छ पसलबाट ढक नियन्त्रणमा लिइएको छ। स्थानीय प्रशासनको अगुवाइमा भएको बजार अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, भीमदत्त नगरपालिकाका नगर प्रहरी, जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली र पत्रकार महासङ्घका प्रतिनिधि सहभागी थिए ।


#बजार अनुगमन

प्रतिक्रिया