Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत १४ गते बुधबार

१७ र १६ वर्षीय दुबै जनालाई लगायो परिवारको जिम्मा, विद्यालयमा सहज वातावरणका लागि गरियो प्रधानाध्यापक संग छलफल

सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाको सोल्टामा घटेको घटना बारेमा सम्बन्धी विभिन्न संघसंस्थाको साचो जाग्दा घटनाले सार्थकता पाएको छ।

 कैलाली जिल्लाको मोहन्याल गाँउपालिका वडा नं. ६, रैनाकोट , सोल्टामा  १६ बर्षिय र १७ बर्षिय बालिकाहरुको सम्बन्धलाई लिएर उनीहरुमाथी भएको हिंसा तथा अमानविय ब्यवहारहरु समाजिक संजालमा देखिएको विषयलाई लिएर राष्टिय मानव अधिकार आयोग, सुदूर पश्चिम समाज, नील हिरा समाज,एकता नेपाल र यौनिक तथा लैगिंक अल्पसंख्यक महासंघका टोलीले स्थलगत अबलोकन गरिएको थियो।

अवलोकन प्रक्रिया लाई  ईलाका प्रहरी कार्यालय सोल्टाको सहयोगमा दुवै पिडितहरुको परिवारको सदस्यहरु राखी छलफल गरिएको थियो। जसमा उहाँहरुलाई यौनिकता तथा लैगिंकताको विषयमा जानकारी गराईएको थियो। हाल नेपालमा यस समुदायलाई लिएर प्रत्याभूत गरिएको अधिकारको बारेमा पनि सम्झाई बुझाई गरिएको र भविष्यमा उनीहरु माथी हुन सक्ने हिंसा, लाञ्छना तथा भेदभाव न्यूनीकरणको लागि परिवारको सदस्यहरु संग बृहत छलफल पश्चात् परिवारजन सकारात्मक भएका थिए। दुबै पक्ष र  पिडितहरुलाई पनि हालको वर्तमान अवस्थाको बारेमा जानकारी प्रदान गरी अहिलेको अवस्थामा आ-आफ्नो परिवारसंग  नै बस्ने गरि जिम्मा लगाएको सुदूरपश्चिम प्रदेशका अधिकार कर्मी करुणा नेपालले बताउनु भयो। उनका अनुसार मानवीय हिंसामा परेका उनीहरुलाई मानसिक स्वास्थ्यको बारेमा समेत परार्मश प्रदान गरिएको छ।

यसै गरी अझ पनि उनीहरुमा माथी हुन सक्ने सम्भावीत हिंसा, लाञ्छना तथा भेदभाव न्यूनीकरणको लागि ईलाका प्रहरी कार्यालय , सोल्टा,  मोहन्याल गाँउपालिका वडा न. ६ का वडाध्यक्षज्यूसंग पनि छलफल गरियो जसमा उहाहरुबाट आएको सकारात्मक प्रतिक्रियाले हामीलाई थप आशा प्रदान गरेको छ भने आउने दिनमा स्थानीय निकायबाट यौनिक तथा लैगिक अल्पसंख्यक समुदायलाई लक्षित गरेर कार्यक्रम विनियोजनको लागि पनि आग्रह गरिएका छ  भने , विद्यालयमा साथीहरु तथा शिक्षकहरुबाट हुन सक्ने भेदभाव न्यूनीकरणको लागि उनी अध्यनरत राष्टिय माध्यमिक विद्यालय महोन्याल, सोल्टाका प्रधानाध्यापक संग छलफल समेत गरिएको अधिकार कर्मी राजु लामाले बताउनु भयो। उनले भने "विद्यालयमा समेत यसबारे सवैलाई सचेत गराउने प्रतिक्रिया समेत दिनु भयो। यस कार्यमा सहयोग गर्नहुने सम्पूर्ण लाई धन्यवाद समेत दिए।

एउटा मिठो आभास त्यति खेर हुँदो रहेछ जति खेर कसैको आँखाबाट डर हराएर ओठ मा हाँसो अनि मनमा खुशी अनि शान्ति ल्याउन सकिन्छ। अर्कि अधिकार कर्मी सिमरन सेरचन भन्छिन् , ' कति गरे थाहा छैन तर लाग्छ यो सानो प्रयासले  कोहीको जीवनमा सकारात्मक परिवर्तन दिन पक्कै पनि  एउटा भूमिका खेल्यो, यात्रा सहज पक्कै थिएन तर पनि मुद्धा उठाउनु र  त्यसको समाधान गर्नु महत्वपूर्ण थियो। उनले भनिन् , भनिन्छ नि एक्लैले  प्रयासले भन्दा पनि संयुक्त जोडले धेरै हदसम्म कुनै पनि कुरालाई उठान गर्न सरल गराउँछ। कतिपय अवस्थामा मनको डर घातक बनिदिन्छ। तर हिम्मत भने जुटाउनु नै पर्ने रहेछ। त्यो हिम्मत पैदा हुन घर , परिवार ,सामज , राष्ट्र ,ज्ञान, सूचना, परिवेश सबैको आ आफ्नो भूमिका फरक फरक पाटोमा आफ्नो आफ्नो विशेषता अनुरूप  उच्च हुँदछ। आज जुन हिम्मत लिएर कैलाली जिल्लाको मोन्याल गाउँपालिका स्थित सोल्टा भन्ने ठाउँमा दुई नाबालिक बालिकामाथि भएको हिंसा को अवस्था बुझ्न, उनीहरूमा भएको शारीरिक र मानसिक स्वास्थ्य बुझ्न कसरी सहयोग गरी दिगो समाधानको उपाय खोज्न सकिन्छ । 

जसमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक महासंघ, निल हिरा समाज र सुदूर पश्चिम समाज धनगढीको अग्रसरता राष्ट्रिय मानव अधिकार आयोग  सुदुर पश्चिम प्रदेश शाखा कार्यालयको समन्वयनमा मंगलबार स्थलगत अवलोकन गरिएको थियो। 
स्थलगत अवलोकन पश्चात् विभिन्न सरकारी निकाय र वडा कार्यालय लगायत संघ उक्त घटनाको बारेमा छलफल समेत गरिएको थियो। जसमा घटना बारेमा बुझी पीडित बालिकालाई   परामर्श दिई परिवारको जिम्मा लगाएको हो।

इलाका प्रहरी कार्यालय सोल्टा का वरिष्ट प्रहरी नायब निरीक्षक बम बहादुर खड्का, मानव अधिकार आयोग सुदुर पश्चिम प्रदेश कार्यालय का हरी ज्ञवाली , ६ नम्बर का वडा अध्यक्ष कृष्ण बहादुर शाही र राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद जैसी लगायतको उपस्थिति रहेको थियो। घटना लाई गम्भीरता पुर्वक हेरिएको छ। जसमा सम्बन्धीत निकायले यसलाई सहजीकरण गर्नका लागि सहयोग गर्ने समेत प्रतिबद्धता गरेका छन् । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायमाथी हुने हिंसा, लाञ्छना तथा भेदभाव न्यूनीकरणको लागि सहकार्य गरौ ।


#साेल्टा घट्ना

प्रतिक्रिया