Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० चैत १४ गते बुधबार

कंचनपुरका पत्रकारले खेलेकाे हाेलि अनाथालयलाई खेलकुद र शैक्षिक सामाग्रि प्रदान

कंचनपुर जिल्लाका विभिन्न मिडियामा कार्यरत पत्रकारहरूले होली खेलेर अनाथालयलाई शैक्षिक सामाग्री दिएका छन् । हाेलि खेलेर जुटाएको केही रकम मध्ये अनाथालयमा शैक्षिक र खेलकुद सामग्रीहरू वितरण गरेको हुन ।
आज बुधबार कार्यक्रम आयोजना गर्दै कञ्चनपुरका क्रियाशील पत्रकारहरुले होली खेलेर संकलन भएको रकमबाट महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयका बालकालिकाहरुलाई शैक्षिक र खेलकुद सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
पत्रकारहरुले समाजिक कार्य गने उदेश्यले होली खेलेको केही रकमबाट अनाथानालयमा शैक्षिक र खेलकुद सामग्रीहरू भलीवल, ब्याटम्यान्टिन,नेट, फट्टा,कवर, औजार बक्स,कलम,स्केल,पेपर लगायत मिठाई वितरण गरिएको महासंघका सचिव राजेन्द्र अवस्थीले बताए ।
उनले भने‘ कञ्चनपुरका पत्रकारहरुले रमाइलोको लागि यसपाली पहिलो पटक होली खेलेको केही रकमबाट हामीले अनाथालयमा बालबालिकाहरूलाई  शैक्षिक र खेलकुद सामग्रीहरू वितरण गरेका छौँ, उनले भने, “बाँकी रकमले भोलि बृद्धाश्रममा कार्यक्रम राखेका छौं र केही रकम पत्रकारहरुलाई अध्ययन अवलोकन भ्रमणको लागि पनि खर्च छुट्याएको बताएका छन्
शैक्षिक र खेलकुद सामग्रीहरू वितरण कार्यक्रममा पत्रकारहरु,महिला अधिकारकर्मी,अनाथालयका अध्यक्ष लगायत बालबालिकाहरुको उपस्थिति रहेको थियो । पत्रकारहरुले 


#हाेली #अनाथालय

प्रतिक्रिया