Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत १९ गते सोमबार

राना थारु हाेलीकाे आज अन्तिम दिन खखडेहरा पर्व मनाईदै प्रदेशभरि बिदा ।

सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन्।
रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ। एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।
सुदूरपश्चिम प्रदेश सरकारले सोमवार (आज) सार्वजनिक बिदा समेत दिएको छ। चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए। 


#खखडेहरा

प्रतिक्रिया