Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० चैत २३ गते शुक्रबार

तस्करहरु सक्रिय सिमा बाट अबैध सामान नेपाल पुगाउदै

कंचनपुरकाे शुक्लफाँटा नगरपालिका का स्थानियले भारत बाट अबैध रुपमा नेपाल भित्राईएका प्रतिबन्धित माछा र कुखुरा समातेका छन ।
बिहिबार नगरपालीका वडा १२ का स्थानिय ब्यावसायीले प्रतिबन्धित रहेकाे कुखुरा १० किलाे र माछा ६० किलाे माेटरसाईकल समेत समातेर शसस्त्र प्रहरीलाई बुझाएकाे बताएका छन । 
स्थानियले माछा, कुखुरा सहित से २ प ५०१३ नम्बरकाे माेटरसाईकल समेत समातेर बुझाएका हुन । तस्करि गर्ने चन्नी साहु भनीने मानिस रहेकाे र पछि भागेकाे स्थानिय एक ब्यावसायीले बताएका छन ।
सिमामा सुरक्षा दुरुस्त हुन नसक्दा तस्करहरुले विभिन्न सामान अबैध रुपमा नेपाल भित्राउने गरेका छन ।


#तस्करि

प्रतिक्रिया