Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत २५ गते आइतबार

माईती नेपालको ३२ औं स्थापना दिवसको अवसरमा कञ्चनपुरको सिमा क्षेत्रमा जनचेतनामुलक कार्यक्रम

माईती नेपालको ३२ औं वार्षिकोत्सव अवसरमा कञ्चनपुरको बिभिन्न क्षेत्रमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ् । मानव बेचबिखन तथा ओसारपसारको क्षेत्रमा सशक्त संस्था माईती नेपालको ३२ औं वार्षिकोत्सव अवसरमा कञ्चनपुरको मुख्य नाका गड्डाचौकी, ब्रह्मदेव क्षेत्रमा जनचेतनामुलक घरदैलो तथा पर्चापम्पलेट कार्यक्रम सम्पन्न गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । 
गड्डाचौकी तथा ब्रह्मदेवको नेपाल–भारत सिमा क्षेत्रको घरहरु पर्चापम्पलेट लगाएत स्थानियहरु संग भेटघाट गरिएको छ् । घरदैलो कार्यक्रममा स्थानियहरु संग मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था दलालहरुले अपनाउने नयाँ नयाँ तौरतरिकाहरु लगाएत मानव बेचबिखन जस्तो जघन्य अपराधले समाजमा पारेको प्रभाव, अपराधिक गतिविधिमा संलग्न दलालहरुको जालो समाजको प्रत्येक क्षेत्रमा फैलिदै गएको हुदा उक्त मानवता विरोधी अपराध लगाएत मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण तथा निर्मुलीकरण गर्न सबैको हातेमालो अपरिहार्य रहदै आएको सम्बन्धमा स्थानियहरु संग छलफल समेत गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । 
कार्यक्रममा माईती नेपाल कञ्चनपुरका टोली, सशस्त्र प्रहरी, नेपाल प्रहरी, बजार व्यावस्थापन समिति, स्थानियहरुको उपस्थिती रहेको थियो । गड्डाचौकी तथा ब्रह्मदेव क्षेत्रमा नेपाल–भारत सिमा क्षेत्रमा आवागमन गर्नेहरुलाई मानव बेचबिखन तथा ओसापसार नियन्त्रण सम्बन्धी पर्चा पम्पलेट बितरण गरिएको छ् । सिमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कुनै गतिबिधी भए माईती नेपाल तथा सुरक्षाकर्मीहरुलाई खबर गर्न समेत आग्रह गरिएको थियो । माइती नेपालले सन् २०२३ मा महिला र बालबालिका बेचबिखन तथा विभिन्न प्रकारका शोषण र हिंसा विरुद्धको आफ्नो अथक प्रयासलाई निरन्तरता दिएको जनाएको छ् । 
माईती नेपाल मानव बेचबिखनविरुद्ध लड्न, पिडितको उद्धार र पुन:स्थापना, सचेतना जगाउने र यो जघन्य अपराध रोक्न आमजनमानसलाई सशक्तीकरण गर्ने कार्यमा समर्पित गैरनाफामूलक संस्था हो ।
 सन् १९९३ मा स्थापना भएको माईती नेपाल मानव बेचबिखन, बालबालिकाको व्यावसायिक यौनशोषण र घरेलु हिंसाबाट प्रभावित असंख्यै व्यक्तिका लागि आशाको किरण बन्दै आएको छ् ।
 सन् २०२३ मा भारतबाट ८६ जनाको सफलतापूर्वक उद्धार गरेको थियो भने, अन्य १५ जनालाई तेस्रो मुलुकबाट उद्धारका साथ एक हजार भन्दा बढी व्यक्तिलाई आन्तरिक रुपमा उद्धार गरिएको माइती नेपालले बताएको छ् । घरेलु हिंसामा एक हजार ६१ जनाको उजुरी माईती नेपालमा दर्ता भएका छन् । यस संस्थाले ७ हजार २ सय ८४ जनालाई मनोसामाजिक परामर्श र ४ हजार ३ सय ५० जनालाई कानुनी परामर्श प्रदान गरेको छ् ।


#माइति नेपाल

प्रतिक्रिया