Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत २८ गते बुधबार

वेदकाेटका महिलाहरूलाई उद्यमि बनाउदै महिला सशक्तिकरण गर्दै निड्स नेपाल

निड्स नेपाल कंचनपुरले वेदकाेटका महिलाहरुलाई उद्यमि बनाउन थालेकाे छ । कंचनपुरकाे वेदकाेट नगरपालिका वडा ४ र ५ का आर्थिक अवस्था कमजाेर भएका महिलाहरुलाई उद्यमि बनाउदै दिगाे आम्दानी द्वारा महिला सशक्तिकरण गररिहेकाे छ ।

निड्स नेपालले FCA/WOMEN`S Bank काे आर्थिक सहयाेगमा नगरका ४ र ५ वडाका ८ महिलाहरुलाई ४५ दिने सिलाई कटाई बुटिक तालिम दिएकाे छ । बुधबार नगरपालिका कार्यालयमा कार्यक्रमकाे समापन र उद्यमि महिलाहरुलाई मेसिन हस्तान्तरण सम्पन्न गरेकाे छ ।

तालिम लिएका महिलाहरु सीप सिके पछि ब्यावसाय गर्न तयार भएका छन । महिलाहरुले बुटिककाे सीप सिक्नुका साथै पसल चलाउने व्यापार गर्ने हिक्मत समेत आएकाे बताएका छन ।

नगर उप प्रमुख तुलसी जाेशीले सिकेकाे सिपकाे नतिजा मुखनिर छ सबैले देखिरहनु भएकाे छ । यत्तिकाे राम्राे सीप सिकेपछि उपभाेेक्ताले सहज रुपमा विश्वास गर्ने भएका कारण सिलाई कटाईकाे ब्यापारमा सहज हुने र राम्राे आम्दानि गर्न सकिने भएकाले उद्यमि बनाउनका लागि आउदाे बजेटमा केही रकम छुट्याउने बताउनु भयाे ।

नगर प्रमुख भाेजराज बाेहराले महिलाहरुलाई मेसिनहरु हस्तान्तरण गर्दै दिगाे रुपमा  आयआर्जनहरु गरेर उद्यमि बनाउन सहयाेग गर्ने संस्थालाई धन्यवाद ज्ञापन गर्दै, मिहलाहरुले  सिकेकाे सीप बाट आय आर्जन गर्न सहज हुने वेदकाेट मात्र नभएर जिल्लाभरि, देशभरि र विदेशमा समेत ब्यावसाय गर्न सकिने बताएका छन ।
महिलाहरुले उत्पादन गरेका लुगाहरु कार्यक्रम स्थलमै समेत बिक्रि भैरहेका थिए ।

कार्यक्रमका बारे बताउदै कार्यक्रम अधिकृत सिर्जना जाेशीले भनिन निड्स नेपाल २०५५ सालबाट विभिन्न क्षेत्रमा काम गरिरहेेकाे छ । ती काम मध्ये याे पनि एक हाे । उद्यमसिलता र महिला सशक्तीकरण कार्यक्रम कंचनपुरकाे कृष्णपुर र वेदकाेट नगरमा चलिरहेकाे छ ।
थप बिवरण भडियाेमा ।



#निड्स नेपाल # उद्यसिलता # महिला सशक्तीकरण # उद्यसिलता # महिला सशक्तीकरण

प्रतिक्रिया