Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८१ बैशाख ०१ गते शनिबार

धनगढी दुर्घटनामा यमराज पक्राउ

सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीमा टिप्परले माेटरसाइकलाई ठक्कर दिएकाे छ।

शुक्रबार राति धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी चाेकमा बा २ झ३८९९ नम्बरको  जिपलाई से १ ख ९८५ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएकाे थियो।

टिप्परकाे ठक्करबाट जिप चालक धनगढी-४ कै ४७ वर्षीय अमर बस्नेत घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहराले जानकारी दिए।

बायाँ खुट्टा भाँचिएका बस्नेतकाे निसर्ग अस्पतालमा उपचार भइरहेको छ। टिप्पर र चालक ३५ वर्षीय यमराज चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


#दुर्घटना

प्रतिक्रिया