Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८१ बैशाख ०४ गते मङ्गलबार

प्रदेश गाैरवकाे दैजि लिप्ना सडक कछुवा गतिमा ८ पुग्न लाग्दा पनि भएन निर्माण सम्पन्न
फायल फाेटाे

प्रदेश गाैरवकाे दैजी–जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ । बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालय मातहत निर्माण भैरहेकाे सडक २०७४ मा ठेक्का भएकाे थियाे ।

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त खण्ड निर्माण विगत दुई वर्षयता कछुवा गतिमा छ ।

  नार्गाजुन कन्स्ट्रक्सनले रु २१ करोडमा निर्माणको जिम्मेवारी पाए पनि काम भने कछुवा गतिमा भइरहेको पुर्वाधार बिकास कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीले जानकारी दिए ।

“काम बन्द नै छैन, तर गति भने निकै सुस्त छ”, प्रमुख अधिकारीले भने, “१३ किलोमिटरमध्ये चार–पाँच किलोमिटर सडक निर्माण अझै उस्तै छ । केही वर्षअघि सडकसँगै पहिरोले नाली, तारजालीलगायत संरचना भत्काएपछि सडकको यो अवस्था भएको हो । ”  उनले सात–आठ किलोमिटर सडक कालोपत्रे भए पनि पहिरोले धेरै ठाउँमा क्षति पुर्याएको बताए । दैजीबाट कञ्चनपुरको सिमाना पर्ने लिप्ना सम्म २१ किलोमिटर सडकखण्डको निर्माणमा सरोकारवाला निकायले चासो नदेखाएको बेदकाेेटका स्थानियकाे गुनासाे छ ।


बेदकोट नगरपालिका–३ का वडाध्यक्ष मोहनबहादुर गुर्धामीले सडक स्तरोन्नतिका लागि पटक–पटक पालिकास्तरबाट ताकेता हुँदै आएको बताए । “प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएका थियौँ”, वडाध्यक्ष गुर्धामीले भने “काम अघि बढाउँछौँ भनेर ठेकेदारका मान्छे भन्छन् मात्रै, गर्दैनन् ।”
कञ्चनपुर बाट बुडर सम्म पुग्न याे सडक ६५ किलाेमिटर छाेटाे छ । याे सडक अत्तरिया हुँदै पहाडि जिल्ला जाेड्ने बैकल्पिक राजमार्ग समेत रहेकाे छ । गत बर्खामा अत्तरिया - बुडर सडक खण्डकाे बुढिताेलामा सडक भासिदा पहाड संगकाे सडक सम्पर्क बन्द बन्द भएकाे थियाे ।


#दैजि लिप्ना सडक

प्रतिक्रिया