Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८१ बैशाख ११ गते मङ्गलबार

डडेल्धुरामा कार दुर्घटना २ जना घाईते

डडेल्धुरामा कार दुर्घटना भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । अमरगढी–७ कै केशव भट्टराई र रोशन भट्टराई घाइते भएको बताइएको छ । दुवैको उद्दवार गरि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया