Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८१ बैशाख १४ गते शुक्रबार

भिमदत्तमा विद्यार्थी भर्ना भई कक्षा सुरु भएपछि शुल्क र पाठ्यपुस्तक का निर्देशन ।

नयाँ शैक्षिक सत्रका  लागि विद्यार्थी भर्ना सकिएर कक्षा पठन पाठन  थालिएपछि भीमदत्त नगरपालिकाले संस्थागत विद्यार्थीलाई शुल्क र पाठ्यपुस्तकका लागि निर्देशन दिएको छ । भिमदत्तका सबै विद्यालयमा भर्ना सकेर कक्षामा पठ्न पाठन सुरु भएपछि अधिकाँस विद्यार्थिले कितावहरु समेत किनि सकेपछि याे निर्देशन आएकाे छ ।
भीमदत्तले शुक्रबार नगरपालिकाका सबै संस्थागत विद्यालयलाई संस्थागत विद्यालयले लिने शुल्क र पाठ्यपुस्तक सम्बन्धि परिपत्र गर्दैै निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ दिएर दिइएको तीन बुँदे निर्देशनमा शिक्षण शुल्क गत शैक्षिक वर्ष भन्दा बढी लिन नपाउने, पाठ्यपुस्तक परिवर्तन गर्न नपर्ने, बाध्यतात्मक अवस्थामा नगरपालिकाको स्वीकृति लिएर परिवर्तन गर्न सकिने र नगरपालिकामा शुल्क वृद्धिको प्रस्ताव पेश गरी स्वीकृति गर्न सकिने उल्लेख गरिएको छ ।
भीमदत्तले संस्थागत विद्यालयमा चर्को शुल्क अशुली गरि रहेको र हरेक वर्ष पाठ्यपुस्तक फेरि रहेको गुनासो आएकाले नियमका लागि निर्देशन अनुगमन र दोषी देखिए कारवाही समेत गर्न सकिने अनुरोध गरिएकाले निर्देशन दिइएको उल्लेख गरिएको छ ।
भीमदत्त नगरपालिकाले शुल्क निर्धारण लगायतका कार्यका लागि हालसम्म गर्नु पर्ने संस्थागत विद्यालययको वर्गीकरणको काम समेत हुने सकेको छैन । संस्थागत विद्यालयले वर्गीकरणका आधारमा शुल्क लिन पाउने कानुनी प्रावधान छ ।
विद्यालय वर्गीकरण नभएपछि संस्थागत विद्यालयले आफ्नो विद्यालय सञ्चालक समितिको निर्णय अनुसार शुल्क लिँदै आएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुन अघि नै स्थानीय तहलाई संस्थागत विद्यालयको शुल्क निर्धारणका लागि परिपचत्र गरेको थियो । मन्त्रालयको परिपत्र अनुसार संस्थागत विद्यालयको शुल्क निर्धारण गर्न भीमदत्तमा हालसम्म छलफल समेत गरिएको छैन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले चैत ९ गते जिल्ला प्रशासन कार्यालयमा स्थानीय तहका प्रमुख उप प्रमुख र शिक्षा शाखा प्रमुखसित छलफल निर्देशन कार्यान्वयनका लागि निर्देशन दिएकी थिइन् ।
भीमदत्तले नयाँ शैक्षिक सत्रका लागि बैशाख १ गतेदेखि भर्ना अभियान सञ्चालन गरेको हो ।

 


#भिमदत्तमा शिक्षा

प्रतिक्रिया