Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८१ बैशाख १५ गते शनिबार

ईलाम र बझाङ्गमा मतदान सुरु
फायल तस्बिर

ईलाम र बझाङमा आज उपनिर्वाचन सुरु भएकाे छ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।
दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भई निर्वाचनमा मतदान आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ। निर्वाचन कार्यक्रमअनुसार मतदान  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत  असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज चुनाव हुन लागेको हो।


#उप निर्वाचन

प्रतिक्रिया