Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८१ बैशाख १५ गते शनिबार

ईलाममा एक्जिट पाेल नगर्न भन्दै प्रहरले गर्याे सामान जफत

इलाम- २ मा जारी उपनिर्वाचनमा मतदान केन्द्रभित्रै एक्जिट पोल गराएको भन्दै प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ ।

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

निर्वाचन आचारसंहिता विपरीत कार्य भएको थाहा पाएपछि पेटिका जफत गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
तर सन्चालकले एक्जिट पोलको विधिबारे स्पष्ट पार्दै यो आम चुनावी प्रचलन नै भएको बताएका छन् । अहिले मतदाताको गोपनीयता कायम गर्दै एक्जिट पोल सर्भे पुनः चलिरहेको छ।


#ईलाम निर्वाचन

प्रतिक्रिया