Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०७८ माघ १४ गते शुक्रबार

नेपालमा रेड्मी एमआई नोट ११ सार्वजनिक  कति पर्छ मूल्य के छन बिशेस्ता

नेपाली बजारमा रेड्मी एमआई नोट ११ सार्वजनिक भएको छ । साओमी नेपालले नयाँ प्रविधि र बिशेषता सहित नेपाली बजारमा ल्याएको हो ।

९० हर्जको रिफ्रेस रेटसहित ६.४३ इन्चको फुलएचडी प्लस एमोलेड डिस्प्ले दिइएको यो फोन ४/६४ जीबी, ४/१२८ जीबी र ६/१२८ जीबी गरी तीन भेरियन्टमा नेपाली बजारमा आएको छ ।

५० मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल सेन्सर र समान २ मेगा पिक्सेलका म्याक्रो र पोट्रेट लेन्स उपलब्ध गराइएको यो फोनमा १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।

५,००० एमएएच क्षमताको ब्याट्री , यूएसबी टाइप सी पोर्टमार्फत ३३ वाट फास्ट चार्जिङ, फाइबजी सपोर्ट लगाएतको बिशेषता रहेको छ ।

नेपाली बजारमा ४/६४ जीबी, ४/१२८ जीबी र ६/१२८ जीबी भेरियन्टको मुल्य क्रमश २२ हजार ९ सय ९९, २४ हजार ९९९ र २६ हजार ९९९ तोकिएको छ ।

प्रतिक्रिया