Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन २६ गते बिहिबार

घाईते टुहुरा विद्यार्थी दमाईको उपचारका लागि क्रान्तिकारीकाे अपिल

विद्यालयका फुटबल खेल्ने क्रममा घाईते भएका भीमदत्त नगरका एक विद्यार्थीको उपचारका लागि अखिल क्रान्तिकारीले अपिल गरेको छ ।
आर्थिक अभाव भएका घाईते विद्यार्थी अनिस दमाईका उपचारका लागि अखिल क्रान्तिकारी कञ्चनपुरले सहयोगका लागि अपिल गरेको छ ।
बिहीबार विद्यालयमा फुटबल खेल्ने क्रममा भीमदत्त नगरपालिका ३नयाँ तिलकपुर स्थित बैजनाथ मावि कक्षा १०मा अध्ययनरत छात्र दमाईको खुट्टामा चोट लागेको छ ।
दमाईको खुट्टाको एक औला टुटेको छ । टुहुरा मात्रै नभई दलित समुदायका छात्र दमाईको उपचारमा आर्थिक अभाव भएकाले क्रान्तिकारीका जिल्ला सचिव भट्टले निःशुल्क उपचारका लागि माग अघि सारेका छन । उनले विद्यालय, अस्पताल सहितका दलित अधिकारका क्षेत्रमा कार्यरत संघ संस्था अगुवाहरुलाई आर्थिक रुपमा विपन्न दमाईको उपचारका लागि अपिल गरेका छन । ‘अनिस एक विपन्न समुदायको मात्र नभई टुहुरा बालक पनि हुन, ‘उनले भने, ‘मुलुकमा तीन सरकार छन, त्यतितै हामी विद्यार्थीको हकहितमा काम गर्ने विद्यार्थी संगठन छौँ, त्यसमा पनि दलित समुदायको क्षेत्रमा काम गर्ने थुप्रै संस्था छन, यस्ता विपन्नको उपचारमा हामी सबैले मिलेर उनको भविष्य सुधारनुपर्छ ।’ क्रान्तिकारीले दमाईको निःशुल्क उपचारका लागि अस्पतालसंग माग समेत गरेको छ । दमाईको आर्थिक, समाजिक पारिवारिक परिवेस अनुसार सरकारी निकायबाट समेत सहयोग गर्नुपर्ने क्रान्तिकारी नेता भट्टले बताए । घाईते दमाईका बाबुको गत माघमा निधन भएको थियो, त्यस अघि आमा गुमाएका दमाई टुहुरा बालक हुन । उनी विद्यालयमै खेल्ने क्रममा घाईते भएकाले विद्यालयका तर्फबाट समेत केही सहयोग गर्नुपर्नेमा जोडदिईएको छ । घाईते दमाईको महाकाली अस्पतालमा उपचार भईरहेको छ । गत महिना बाबु गुमाएको शोकमा रहेका घाईते दमाई आर्थिक अभावका कारण उपचारमा झन चिन्तित बनेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>