Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
मसुरिया
२०७८ चैत ०१ गते मङ्गलबार

अस्थाई प्रहरी पाेष्ट हस्तान्तरण ।

घनश्याम पाैडेल - 
कैलाली, गौरीगंगा नगरपालिका वडा नं ९ मसुरिया बजारमा प्रहरी पोष्ट हस्तान्तरण गरिएको छ। वडा नं ९ कार्यालयको सहयोगमा मसुरिया बजार व्यवस्थापन समितिको समन्वयमा पोस्ट निर्माण भएको हो। 
मुख्य बजारमा स्थापना गरिएको प्रहरी पोष्टको कैलालीका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले उद्घाटन गरेका थिए ।  वडा अध्यक्ष हरि प्रसाद तिवारी र मसुरिया बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद जोशीले उपरिक्षक जोशीलाई ताला  चाबी सहित प्रहरी पोष्ट हस्तान्तरण गरेका छन् । 
कैलालीमा लागुपदार्थको कारोबार प्रयोगले सुरक्षा चुनौतीपुर्ण बन्दै गएको र घर-परिवारबाट आफ्ना किशोरावस्था र युवा छोराछोरी माथि निगरानी नगर्दासम्म समाजमा शान्ति सुरक्षा कायम गर्न चुनौतीपुर्ण भएको प्रहरी उपरीक्षक वेद प्रकाश जोशीले बताएका छन् ।
मसुरिया बजारमा विगत केहि समय यता लुटपाट चोरी र लागुपदार्थको कारोबार व्यापक रूपमा फैलिएको भन्दै स्थानीयहरूले बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न चौबिसै घण्टा प्रहरीको उपस्थिति हुने गरि पोष्ट माग गरेका थिए ।
स्थानीय बासिन्दाको माग अनुसार बजारमा सुरक्षा चुनौतीपुर्ण बन्दै गएको आफुहरुले पनि महसुस गरेर सहयोग उपलब्ध गराएको वडा अध्यक्ष तिवारीले बताएका छन् । 
 नगरपालिकाबाट आस्वासन मात्र प्राप्त हुँदा बजारका व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै वडा नं ९ को कार्यालयको सहयोगमा पोस्ट निर्माण भएको मसुरिया बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद जोशीले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>