सोमबार दुर्घटनामा परेको चाइना इस्टर्नको जहाजमा रहेका १२३ यात्रु र ९ जना चालक दलका सदस्य सबैको मृत्यु भएको आशंका गरिएको छ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार दुर्घटनास्थलमा पुगेका स्थानीयले जहाजका केही टुक्राटाक्री मात्रै फेला पारेकाले सबै मारिएको हुन सक्ने बताएको छ। चिनियाँ अधिकारीहरूले भने अहिलेसम्म मृतकको संख्याबारे औपचारिक जानकारी दिएका छैनन्।
फ्लाइटराडारको डाटाअनुसार उक्त बोइङ ७३७ जहाजमा २९ हजार फिट माथि उडिरहँदा समस्या देखिएको थियो।
२९ हजार १ सय फिट माथि उडिरहेको जहाज एक मिनेटभित्रै ८ हजार फिटको उचाइमा आइपुगेको थियो। केहीबेर फेरि उचाइ लिन खोजे पनि जहाज जमिनमा झरेको थियो।
स्थानीयले जहाजका कारण जंगलमा आगो लागेको बताएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङले दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गर्दै उद्धारमा तदारूकताका साथ खटिन हवाई सुरक्षामा ध्यान दिन निर्देशन दिएका छन्।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया