Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७८ चैत ३० गते बुधबार

महिला राष्ट्रिय लिग फुटबल : पुलिसमाथि धनगढीको रोमाञ्चक जित

महिला राष्ट्रिय लिगमा विभागीय टोलि लाई हराउने पहिलो धनगढी उपमहानगरपालिका महिला फुटबल टिम

सुदूरपश्चिम प्रदेशकै प्रतिनिधित्व गर्दै राष्ट्रिय महिला लिगमा सहभागी भएको धनगढी उपमहानगरपालिका कैलालीले महिला राष्ट्रिय लिगमा विभागीय नेपाल पुलिस क्लब माथि रोमाञ्चक जित निकालेको छ ।

मंगलबार भएको पहिलो चरणको आफ्नो अन्तिम खेलमा धनगढीले पुलिसलाई ३–२ ले पराजित गरेको हो । चितवनको भरतपुरस्थित सारदा माविको खेल मैदानमा भएको खेलमा चन्द्रा भण्डारीले दुई तथा विर्सना चौधरीले गोल गर्दै सुखद पहिलो चरणको अन्त्य गरेको छन् । रोमाञ्चक बनेको खेलमा पुलिस क्लबको तर्फबाट रेखा कुमारी पौडेलले दुई गोल गरेपनि हार बाट भने टिमलाई जोगाउन सकिनन्।

उनले दस हजार पुरस्कार हात पर्न सफल भइन्। कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष एवं मनकामना युवा क्लब धनगढी जुगेडाका अध्यक्ष डबल बहादुर थापाले बताए। उनका अनुसार ,धनगढी उपमहानगरपालिका महिला टिमको मुख्य प्रशिक्षकमा राघबेन्द्र कार्की र व्यवस्थापकमा सुरज तामाङ रहेका छन ।

महिला राष्ट्रिय लिगका पहिलो चरणका सम्पुर्ण खेल चितवनमा सम्पन्न भएका छन् भने दोस्रो चरणका पुरै खेल बिराटनगरमा हुने छन् । महिला लिगमा ८ टिमको सहभागिता रहेको छ । जसमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>