Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख ०३ गते शनिबार

एकल महिला लाई बाेक्सि लागेकाे आराेपमा धामि झाक्रि गर्दा महिलाले ज्यान गुमाएकाे छ ।
फाेटाे भुपि उपाध्याय

एकल महिला समयमै उपचार नपाउँदा मृत्यु बरण गर्नु परेको छ । बेदकोट नगरपालिका ७ मुसेपानीकी ४३ बर्षिया रन्जुला साउदले आर्थिक अभाव र चेतना अभावका कारण अकालमै ज्यान गुमाउन परेको हो । साउद बिरामी भएपछि अस्पताल लैजान पैशा अभावका कारण घरमै धामीझाँग्री बोलाएर उपचार गर्न थालेपछि धामीझाँग्रीको कुटाईबाट साउदको मृत्यु भएको छ । साउदलाई बोक्सी लागेको भन्दै उनका घर परिवारले अस्पताल लैजानुको साटो घरमै धामीझाँग्री मार्फत झारपुक गराएका थिए ।

केही दिनदेखि साउद बिरामी थिईन, अस्पताल जानका लागि

केही दिनदेखि साउद बिरामी थिईन, अस्पताल जानका लागि पैशा नभएकाले उनको उपचारका लागि स्थानीय धामीझाँग्री धर्मानन्द भट्ट र नारायण दत्त भट्टले झारपुक गदै आएका थिए । उनीहरुकै कुटपिटबाट साउदको मृत्यु भएको भन्दै स्थानीयले घर घेराउ गरेका छन ।

स्थानीयले घटना जघन्य प्रकृतिको भएकाले दोषिलाई उन्मुक्ती दिन प्रहरीले संस्कापद भूमिका निर्वाह गर्न नहुने सुझाव दिएका छन । विगतमा पनि यस्ता प्रकृतिका घटनामा प्रहरीले मिलाउने भएकाले यस पटक गल्ती दोहोर्याउन नहुने तर्फ ध्यान केन्द्रीत गरेका छन ।
मृतक साउदका श्रीमान छैनन । उनका दुई छोरी छन । घटनाप्रति भर्सना जाहेर गर्दै कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगीले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिन् । 'अहिलेकाे युगमा भुत प्रेत लागेको भन्दै हत्या गर्ने हिसाबले कुटपिट गर्ने कार्य निन्दनिय अमानविय छ, 'उनले भनिन, 'घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही हुनुपर्छ ।'

प्रहरीले धामीझाँग्री धर्मानन्द भट्ट र नारायण दत्त भट्टलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुर प्रहरीले घटना बारे प्रारम्भिक अनुसन्धान शुरु भएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले घटना स्थलामा टोली खटिएको बताउदै थप अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>