Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख ०५ गते सोमबार

फरेन्सिक बिज्ञकाे अभावमा महाकालि प्रादेशिक अस्पतालमा रन्चुला साउँदकाे शव परिक्षण हुन सकेन ।
मृतकका नावालिक छाेरिहरु शव गृह नजिक

महाकाली प्रादेशिक अस्पतालमा शव पुर्याएको दुई दिनवितिसक्दा पनि शव परीक्षण हुन सकेको छैन । 

शव कुहिएकाले (फरेन्सीक) विज्ञबाट मात्रै परीक्षण गर्नुपर्ने भन्दै महाकाली प्रादेशिक अस्पतालले सेती प्रादेशिक अस्पताल कैलालीबाट विज्ञ माग गरेको छ । 

बोक्सी धपाउने भन्दै धामीझाँक्रीको कुटपिटबाट मृत्यु बरण गरेकी कञ्चनपुरको बेदकोट नगरपालिका ६ मुसेपानीकी ४३ बर्षिया एकल महिला रन्जुला साउदको शव परीक्षण भएको छैन ।

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेसु डा. अर्जुन कुमार भट्टले मृत्यु भएको तीन चार दिन भईसकेपछि अस्पतालमा शव ल्याएकाले गर्मीका कारण पनि कुहिएकाले विज्ञबाटै परीक्षण गर्नुपर्ने बताए । ‘हामीले सेती प्रादेशिक अस्पतालबाट विज्ञ माग गरेर पत्राचार गरेका छौँ, ‘उनले भने, ‘सोमबार सम्म विज्ञ आएपछि परीक्षण हुन्छ ।’ 

मृतक पक्षले कर्तव्य ज्यान अन्र्तरगत धामीझाँक्री सहित सात जनाका नामका किटानी जोहरी दिएको छ । पीडित पक्षले आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दुई धामीझाँक्री सहित सात जनाका नामका किटानी जोहरी दिएको हो । 

कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले रन्जुला पक्षले दिएको किटानी दर्ता भएको बताए । ‘मृतक पक्षबाट कर्तव्य ज्यान अन्र्तरगत मुद्दा दर्ता भएको छ, ‘प्रवक्ता शाहले भने, ‘घटना बारे अनुसन्धान जारी छ ।’ आइतबार सव परीक्षण हुन नसकेको उनले बताए । रन्जुला साउदलाई कुटपिट गरेर हत्या गरेको भन्दै भीमदत्र नगरका धामीझाँक्री धर्मानन्द भट्ट, नारायण भट्ट सहित रन्जुलालाई झारफुर गर्ने कमला साउद, सहित शजानकी घटाल, गौरी साउद, कुवेर साउद र चक्र साउद बिरुद्ध किटानी जाहेरी दिईएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तरगत दैनिक ज्यालादारीमा वडामा काम गर्दै आएकी रन्जुलालाई उपचार गर्ने भन्दै धामीझाँक्री समुहको कुटाईबाट १बैशाखमै मृत्यु भएको थियो । 

मृतक साउदका आफन्तले रन्जुलाका दुई सन्तानको लालनपालनको माग अघि सारेका छन । मृतकका आफन्त सुरेन्द्र साउदले रन्जुलाको हत्या भएकाले उनका दुई नाबालक छोरी (सरिता र निर्मला)को उपचार हुनुपर्ने बताए । ‘मृतक रन्जुलाका श्रीमान छैनन, रन्जुलाको पनि हत्या भयो, ‘उनले भने, ‘नाबालक छोरीको लालनपालनको पुर्ण प्रबन्ध मिलाउनुपर्छ ।’

पाँच बर्ष अघि श्रीमान गुमाएकी रञ्जुला दुई छोरी (सरिता, निरा) को साहाराले बाँच्दै आएकी थिईन । गाँउमा १ कट्टा मात्रै जमिन भएकी रन्जुलाका सामु एकातिर दुई छोरीको उज्जल भविष्य बनाउने जिम्मेबारी अर्कातिर समाजमा एकल महिला भएपछि बाँच्न पनि थुप्रै संघर्ष गर्नुपर्ने बाध्यता थियो । 

नाताले जेठानी पर्ने कमला साउदको घरमा भीमदत्त नगरपालिका अर्को गाँउबाट धामीझाँग्रीद्वय नारायण प्रशाद भट्ट र धर्मानन्द भट्ट आएका थिए । रन्जुला पनि २७ चैत्रमा धामीकहाँ बिरामी छुँ भन्दै हेराउन गएकी थिईन । बिरामी छु भन्दै हेराउन गएकी रन्जुलाले धामीझाँग्रीको कुटपिटबाट मृत्यु भएको छ । कुटपिटबाट मृत्यु भएकी रन्जुला मृत्युकरण लुकाउन प्रपञ्च रचिएको छ । रमिलाको १ बैशाख २ बजे दिउँसै मृत्यु भएपछि घटना लुकाउनका लागि ३ बैशाखसम्म फुकफाक गरिरहेका थिए । एकल महिलाको मृत्यु भएसंगै उनको घरमा सन्नटा छाएको छ । रन्जुलाका आफन्त परिवारले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>