Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
मसुरिया
२०७९ बैशाख ०९ गते शुक्रबार

कबिता तपाई बाबुराम बन्ने छुट छैन
के पी ओलि बन्ने छुट छैन
यो देशले  फेरि फेरि प्रचण्ड जन्माउन सक्दैन
प्रचण्ड कुनै समान्य नाम होइन
१७ हजार सहिद हरुको त्याग तपस्या र 
बलिदानी बाट लेखिएको नाम हो !

कमरेड प्रचण्ड
तपाईलाई प्रचण्ड बनाउन
मुलुकको थुप्रै लगानी लागेको छ !
त्यसैले तपाई प्रचण्ड नै रहनुपर्छ
तपाईलाई दायाँ बायाँ बनने छुट छैन!!

तपाई माथि देशको ठूलो जिम्मेवारी छ !
अधुरो क्रान्ति  पूरा गर्नुछ !
सहिदका  सपनाहरू पूरा गर्नु छ !
घाइते योद्धाहरूको  घाउमा मलम लगाउनु छ!
सहिद परिवारलाई सम्मान गर्नु छ!
त्यसैले कामरेड तपाई प्रचण्ड नै रहनु पर्छ!

तपाई केपी ओली बन्ने  छुट छैन!
बाबुराम बन्ने छुट छैन!

देशले फेरि फेरि प्रचण्ड जन्माउन सक्दैन!
देशले फेरि ठूलो क्षति बेहोर्न सक्दैन 

कमरेड
तपाई माथि दलितले  ठूलो आशा राखेका छन्
गरिबले ठूलो आस राखेका छन 
उत्पीडित वर्गले उतीकै आस राखेका छन् !

दलित गरीब उत्पीडित बर्गलाई
निराशा बनाउनेछुट तपाईलाई छैन !

त्यसैले तपाई प्रचण्डल नै  रहनु पर्छ
मुलुक र जनताले  प्रचण्ड लाई
प्रचण्ड नै भै रहेको हेर्न चाहन्छन्...!

राष्ट्रिय स्वाधीनताको रक्षाको लागि
समानुपातीक समावेशीताको लागि 
जनताका हक अधिकारको लागि
जनताकाे जनजीविका लागी !

जनताको जनवाद समाजवाद हुँदै
साम्यवादी व्यावस्था स्थापनाको लागि
गणतन्त्रको  रक्षाको लागि 
तपाई  प्रचण्ड नै रहनु पर्छ  !

यो मुलुकले प्रचण्ड बनाउन
समयको लगानी लगाउन सक्दैन
फेरि फेरि प्रचण्ड जन्माउन सक्दैन

सहिदको लिस्टमा सहिद  थप्न सक्दैन
त्यसैले पनि  तपाई प्रचण्ड नै बनि रहनु पर्छ
यसैले तपाईलाई दायाँ बायाँ बन्ने छुट छैन ...

✍ यज्ञ राज जोशी "विद्रोही"
मिति:२०७९/१/९ गते

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>