दार्चुलाको मालिकार्जुन गाउँपालिका मा रहेको “देव नौला” केवल पानीको स्रोत मात्र होइन, यो स्थानीय सभ्यता, विश्वास र प्रकृतिसँगको सम्बन्धको जिउँदो प्रतीक हो। कुनै समय करिब करिब सुक्ने अवस्थमा पुगीसकेको यो नौला पुनः जीवित भएको कथा आशा र प्रेरणाले भरिएको छ, तर यसको वर्तमान अवस्था हामी सबैका लागि गम्भीर चेतावनी पनि हो।
करीब करिब सुक्ने अवस्थामा पुगेको यो नौला स्थानीय समाजसेवी युवाहरुको निरन्तर प्रयासपछि पुनः जाग्न थाल्यो। स्थानीय बासिन्दा, युवाहरू र मालिकार्जुन विकास समिति लगायतका सामाजिक संस्थाहरूले मिलेर जल संरक्षणको योजना बनाए। जंगलमा आगो नलाग्ने वातावरण सिर्जना गरियो,बाँझ, बुरांश, काफल, जस्ता स्थानीय प्रजातिका बिरुवाहरुको संरक्षण गरियो।
यी सबै प्रयासहरूको संयुक्त प्रभावले माटोमा नमी बढायो। घाँस, मॉस र ह्युमसको विकाससँगै सानो तर प्रभावकारी माइक्रो–इकोसिस्टम तयार भयो। यसले वर्षाको पानीलाई जमीनभित्र सोस्ने प्रक्रिया सहज बनायो, जसले गर्दा भूमिगत जल स्रोत अर्थात् एक्विफरहरू पुनः भरिन थाले। अन्ततः, सुक्ने अवस्थामा पुगिसकेको नौलामा फेरि पानी जम्न थाल्यो—यो केवल प्राकृतिक परिवर्तन मात्र होइन, सामूहिक इच्छाशक्ति र सामुहिक श्रमको परिणाम थियो।
के हामीले आफ्नै पुर्खाको मेहनतको मूल्य बुझ्न सकेका छौं? यदि आगामी दिनहरूमा पनि मानवीय लापरवाही दोहोरियो भने, यो “देव नौला” फेरि सुक्न सक्छ।
यो घटना केवल एउटा गाउँको समस्या होइन; यो सम्पूर्ण पहाडी क्षेत्रका लागि चेतावनी हो। जलवायु परिवर्तन, वन विनाश र मानव लापरवाहीका कारण जल स्रोतहरू सुक्दै गएका छन्। यस्तो अवस्थामा, मालिकार्जुनको अनुभवले देखाउँछ कि सामूहिक प्रयासले हराएको स्रोत पुनः प्राप्त गर्न सकिन्छ, तर त्यसलाई जोगाइराख्न अझ ठूलो जिम्मेवारी आवश्यक हुन्छ।
अब आवश्यकता छ—सुदृढ सामुदायिक वन व्यवस्थापन, जंगलमा आगो लगाउने विरुद्ध कडा कानुनी कारबाही, जल स्रोत संरक्षणलाई स्थानीय विकास योजनासँग जोड्ने, र युवाहरूलाई संरक्षण अभियानमा सक्रिय रूपमा संलग्न गराउने।
अन्ततः, “देव नौला” केवल पानीको स्रोत होइन, यो हाम्रो भविष्यसँग जोडिएको आधार हो। यसलाई बचाउनु भनेको केवल पानी जोगाउनु होइन, हाम्रो अस्तित्व जोगाउनु हो।
आजको प्रश्न स्पष्ट छ—
के हामी यो पुनर्जन्म भएको जल मन्दिरलाई जोगाउन सक्छौं, वा फेरि आफ्नै लापरवाहीले यसलाई सुक्न दिनेछौं?
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया