Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
काठमाडौं
बिकास सिह महता बिकास सिह महता
२०७९ जेठ ०७ गते शनिबार

एम्पुटी राष्ट्रिय फुटबल प्रतियोगिता सम्पन्न ,पिस युनाइटेड लाई उपाधी

काठमाडौको त्रीपुरेश्रवर स्थित दशरथ रंगशालामा आयोजना गरिएको एम्पुटी राष्ट्रिय फुटबल प्रतियोगिता भव्यताका साथ एक कार्यक्रमका बिच सम्पन्न भएको छ।

"स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद " भन्ने मुल नाराका साथ पारा राष्ट्रिय खेलकुद मा आबद्ध संस्था 
एम्पुटी खेलकुद समाज नेपाल द्धारा आयोजित एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिता-२०७९ को सनिवार एक कार्यक्रमका बिच समापन भएको हो।

 राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा त्रीपुरेश्वर ,काठमाडौ स्थित दशरथ रंगशालामा एम्पुटी खेलकुद समाज नेपालले आज जेठ ६ शुक्रबार बाट  एम्पुटी  फुटबल राष्ट्रिय प्रतियोगिता -२०७९ को आयोजना गरेको थियो। जसमा तीन टिम बिच दशरथ रंगशालामा प्रतिस्पर्धात्मक खेल भएका थिए। 

प्रतियोगिता लिक आधारमा संचालन गरिएको थियो। जसमा शुक्रबार पहिलो खेल आर्मी एम्पुटी फुटबल टिम र विल्याक हक बिच भएको खेलमा आर्मीले २-० गोलले जित निकालेको थियो। दोस्रो खेल पिस युनाइटेड एम्पुटी र आर्मी बिचको खेल १-१ गोलको बराबरी खेलेको थियो। उक्त दिनको तेस्रो खेल पिस युनाइटेड र बिल्याक हक बिच भएको खेलमा ३-१ गोलले पिस युनाइटेडले जित निकालेको थियो। 

सनिवार सम्पन्न भएको फाइनल खेलमा एक्स आर्मी एम्पुटी फुटबल क्लब र पिस युनाइटेड एम्पुटी फुटबल क्लब बिच भएको प्रतिस्पर्धात्मक खेलमा पिस युनाइटेडले २-१ गोलको अन्तरले एक्स आर्मि एम्पुटी फुटबल क्लब लाई फाइनलमा हराउदै उपाधी जितेको हो। विजेता टिम पिस युनाइटेडले ट्रफी प्रमाणपत्र मेडल र उपविजेता टिम एक्स आर्मी एम्पुटी क्लबले प्रमाणपत्र मेडलमा चित्तबुझाएको छ। प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टिम विल्याक हक एम्पुटी फुटबल क्लब बनेको छ। उनले प्रमाणपत्र मेडल हात पारेको  एम्पुटी खेलकुद समाज नेपालका अध्यक्ष मदन मान सिंह रोकायाले बताउनु भयो।

प्रतियोगिता समापन कार्यक्रमका सभापति एम्पुटी खेलकुद समाज नेपालका अध्यक्ष मनद मान सिंह रहनु भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दिपक कोइराला ,विशिष्ट अतिथिमा नेपाल  पारा ओलम्पिक कमिटी उपाध्यक्ष गोमा देवि पौडेल लगायत खेलाडिहरु बाक्लो उपस्थिति रहेको थियो।


प्रतियोगिता खेल्नको लागि अन्तर्राष्ट्रिय प्रतियोगिता त सोच्नु मात्रै हो, नेपालमै राष्ट्रिय स्तरका प्रतियोगिताको आयोजना हुँदा आफुहरु लाई सहज हुने खेलाडी बताउन्छ। एउटा प्रतियोगिता जो आज दशरथ रंगशालामा खेल्न पाउदा सबै जना हर्षित भएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>