Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ असार ०६ गते सोमबार

गहु काटेकाे खेतमा उल्टाे अवस्थामा रहेकाे बच्चा जन्माउन पहिलाे पटक काम गरियाे स्वास्थ्य चाैकि प्रमुख ।


स्वास्थ्य चाैकि आउदै गरेकि महिलाले खेतमै बच्चा जन्माएकि छन । लालझाडि गाउपालिका ५ मा रहेकाे देखतभुलि स्वास्थ्य चाैकि आउदै गरेकि महिलाले प्रशप पिडाले स्वास्थ्य चाैकि पुग्नु अगाबै खेतमै छटपटिन पुगेकि हुन ।

शनिबार साझ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको मोवाईलमा घण्टी आयाे मोवाईलमा फोन गर्ने महिलाले हतारिँदै एक जना महिला सुत्केरी हुन नसकेर खेतमै छट्पटाई रहेको र छिटो आउनका लागि आग्रह गर्दै फाेन गरिन । फोन गर्ने महिलाले नै बच्चाको हात बाहिर आएको कुराको जानकारी स्वास्थ्यकर्मी लाई गराइन ।

यस्ताे खबर माझ स्वास्थ्य अधिकृत लिलाकान्त झाले भने, ‘हतार हतारमा प्रसूति गराउनका लागि आवश्यक सामग्री बोकेर त्यस तर्फ लाग्यौँ।’ ‘स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति गराउनका लागि आउने क्रममा महिलालाई प्रसव व्यथाले च्यापेपछि खेतमै बस्नु भएको रहेछ’ अधिकृत झाले भने, ‘प्रसव व्यथाले च्यापेकी महिलासँगै केही अरु महिला पनि थिए। ती महिलाहरुले प्रसूति हुने महिलालाई घेरेर राखेका थिए'।

'खेतमा गहुँ काटेका नलहरु छरपस्ट रुपमा थिए। खेतमै सुरक्षित ठाउँको खोजी गरी प्रसव पीडाले छट्पटाउँदै गरेकी महिलालाई राख्यौँ। शिशु उल्टो अवस्थामा थियो। हात र कम्मर अड्केको अवस्थामा थियो। शिशुलाई कसरी निकाल्ने भन्ने बारे खेतमै छलफल गर्‍यौँ। तुरुन्तै शिशु ननिकाले आमाको ज्यानलाई समेत जोखिम थियो। जोखिम मोलेर शिशुलाई बाहिर निकाल्यौँ।’, उनले भने।

‘शिशुको शरीर नीलो भैसकेको थियो। कृत्रिम श्वासप्रश्वास दियौँ। माउथ टु माउथ र एम्बु व्यागबाट श्वासप्रश्वास दिने क्रम जारी राख्यौँ। आधा घण्टाको प्रयास पछि शिशुले श्वास फेर्न शुरु गर्‍यो। रुन थाल्यो। शिशु र आमाको ज्यान जोगाउन पाएकोमा मनमनै निकै खुशी थियौँ। सबैले आश मारिसकेका थिए। शिशु बाँच्दैन भन्थे। शिशु र आमाको ज्यान जोगियो, यो हाम्रा लागि ठूलो उपलब्धीका रुपमा रहेको छ।', त्यो क्षण हाम्रा लागि कहिल्यै नभुल्ने घटनाका रुपमा सधैँ ताजा रहने छ’, अधिकृत झाले भने।

उनी भन्छन्, ‘म र मेरो टिमले जटिल प्रसूति सफलतापूर्वक गरी आमा र शिशुको ज्यान जोगाएका छौँ। यस कार्यका लागि खटिने स्वास्थ्यकर्मी विनिता र उषा धन्यवादका पात्र छन्।’

चर्को गर्मीका बीच छाता ओढाएर सुरक्षित रुपमा खुल्ला ठाउँमा प्रसूति गराएको पहिलो घटनाका रुपमा रहेको उनी बताउँछन्। प्रसूति गराएकी आमा र शिशुलाई स्वास्थ्यकर्मीकै सहयोगमा सेती प्रादेशिक अस्पतालमा पठाईएको छ।

कृत्रिम श्वासप्रश्वास दिएका शिशुलाई २४ घण्टा आइसियुमा राख्नु पर्ने भएकाले अस्पतालमा पठाईएको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले जानकारी दिए। अहिलेसम्म आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। ु

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>