Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७९ असार १३ गते सोमबार

आलिताका कर्मचारि बाधेर कुटपिट गर्ने भारतिय पक्राउ

 आलितालका कर्मचारी लुट्ने पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलाबाट लुटिएका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर भण्डारीको कारसहित ३ जना नगद र मोबाइल लुटेर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा भारत हरियाणा सोनी पथका २१ बर्षीय भगत सिँह, सोही ठाउँका १८ बर्षीय साहिल बादलिसे र सोही ठाउँका २० बर्षीय सन्नी जाँटलाई गोदावरी नगरपालीका १ स्थित ऐश्वर्य सामुदायिक वन मनेहरा गाउँबाट पक्राउ गरिएको हो । उनीहरुलाई गोदावरी नगरपालिका-१ स्थित भित्री सडकको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए।

यस्तै डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारीको लुटिएको ३–०१–०२३ च ८७२१ नम्बरको कार फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले गोदावरी नगरपालिका-१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको बताए।  लिफ्ट मागेर कारमा बसेका तीन जना व्यक्तिले बाधेर कुटपिट  गरेर  भण्डारीको कारसहित भएका नगद र मोबाइल लुटेर फरार भएका थिए । कुटपिटबाट घाइते भण्डारीको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>