Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७९ असार १९ गते आइतबार

हत्या आराेपमा उपमेयर सहित ७ जना पक्राउ

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय बिनाेद शाही जेठ १७ गते देखि बेपत्ता भएका थिए । शाही २१ गते बिहान कालिकास्थानस्थित कुच्चीको भिरमा मृत भेटिएका थिए ।

हत्या आरोपमा मेयर अम्बिका चलाउने सहित ७ जना पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश बिष्टले बताएका छन ।
उनका अनुसार ७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । 'उप मेयरसहित ७ जना अहिले हिरासतमा छन्, उनीहरुमाथी सोधपुछ भइरहेको छ,' उनले भने, ‘मेयर चलाउने र नेत्र शाहि शनिबार आफै कार्यालयमा हाजिर हुनु भएको हो ।'

हत्या आरोपमा पीडीत परिवारले पञ्चदेवल विनायक नगरपालिकाका नवनिर्वाचित मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमती बम शाही सहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।

घटनाको लागि अनुसन्धानमा प्रहरीले सुरुमा २, त्यस पछि ३ र शनिबार २ गरी ७ जनालाई नियन्त्रणमा लिएको हो । किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार रहेका छन् ।

घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का डीएसपी मनोहरप्रसाद भट्ट र संघीय प्रहरी इकाइ कार्यालय कञ्चनपुरका एसएसपी जनकराज पाण्डेय नेतृत्वको टोली सक्रिय छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>