Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०७९ असार २७ गते सोमबार

आधा घन्टाकाे लागि भनेर घर बाट निस्केकि किशाेरि हाेटलमा झुण्डिएकाे अवस्थामा फेला ।

घरबाट बिहान ९ बजेतिर स्कुटरमा आएका एकजना युवकसँग समीक्षा आधा घन्टाको लागि भन्दै फुपु रोजितासँग विदा मागेर घरबाट निस्किइन्।

आधा घन्टाका लागि भन्दै हिँडेकी समीक्षा दिउँसोसम्म पनि घर फर्किनन्। रोजितालाई म्यासेज गरेर साथीहरूसँग फिल्म हेर्दै गरेको र केहीबेरमा घर आउने बताइन्।

दिउँसो म्यासेज गरेकी समीक्षा साँझसम्म पनि घर नपुगेपछि रोजिता आफैंले फोन गरिन्। जवाफमा समीक्षाले केहीबेरमा घर आउने भनिन्।

केहीबेरमा आउने भन्दै बिहानै घरबाट हिँडे पनि साँझसम्म नफर्किएपछि रोजिताले समीक्षालाई हप्काएर छिटो घर आउन भनेकी थिइन्।

त्यसपछि भने समीक्षा न घर फर्किइन् न त घरबाट आउने फोन नै उठाइन्।

शनिबार दिउँसो ४ बजेतिर प्रहरीले फोन गरेपछि मात्रै शुक्रबार युवकको साथ घरबाट हिँडेकी समीक्षाको शंकास्पद मृत्युबारे उनको परिवारले थाहा पायो।

शुक्रबार राती एक युवकको साथमा बुटवल वडा नं. ३ गोलपार्कस्थित गोलपार्क होटलमा पुगेकीसमीक्षा शनिबार दिउँसो मृत भेटिइन्।

प्रहरीका अनुसार शुक्रबार राती एक जना युवकभन्दा आधा घन्टापहिले होटलमा पुगेकी समीक्षा आफैंले होटलको कोठा बुक गरेकी थिइन्। युवक भने आधा घन्टा पछिमात्रै होटल पुगेका थिए। कोठा बुक गर्दा समीक्षाले केहीबेरमा दाइ पनि आउने बताएकी थिइन्।

होटल सञ्चालकले प्रहरीलाई बताए अनुसार रातभर कोठामा सँगै बसेका युवक शनिबार बिहान आठ बजेतिर कोठाको भाडा बुझाएर

होटलबाट निस्किएका थिए।

दिउँसो १२ बजेसम्म समीक्षा ननिस्केपछि होटलवालाले ढोकामा हानेका थिए। भित्रबाट कुनै आवाज नआएपछि उनले प्रहरीलाई खबर गरेका थिए।  

प्रहरीले होटल व्यवसायी र स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका फोरेर हेर्दा समीक्षा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

अहिले उनको शव पोष्टमार्टम गरी लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। पोष्टमार्टम रिपोर्ट भने आइसकेको छैन।

समीक्षाका परिवारले भने नाबालिगलाई कोठा दिनु र सँगै गएका युवक होटलबाट निस्किँदा समीक्षा किन निस्किएन भनेर खोजी नगर्नू होटल सञ्चालकको गम्भीर कमजोरी भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।

उनीहरूले घटनामा को-को संलग्न छन् अनुसन्धान गरी पक्राउ गर्न प्रहरीलाई आग्रह गरेका छन्। समीक्षाकी फुपु रोजिताले यो घटनामा घरबाट स्कुटरमा राखेर ल्याउने युवकदेखि राती होटलमा जाने युवक समेतको संलग्नता हुनसक्ने भएकोले छानबिन गर्न आग्रह गरिन्। उनले होटल सञ्चालकले दुई-चार सय रुपैयाँ कमाउने लोभमा नाबालिगलाई कोठा दिँदा घटना भएको भन्दै होटल सञ्चालकलाई पनि गहिरो छानबिन गर्न माग गरेकी छन्।

‘होटलमा धन्दा चलाएर दुई-चार सय कमाउने लोभमा नाबालकलाई कोठा दिनु ठूलो कमजोरी हो। रातीको समयमा नाबालिग केटीले कोठा बुक गरे पनि युवकलाई कुनै परिचय पत्र नराखी कोठामा जान दिएको छ, यो कहाँसम्मको लापरवाही हो,’ उनले भनिन्।

होटल सञ्चालकले भने युवतीले कोठा बुक गर्दा नाम समीक्षा गुरूङ र ठेगाना बुटवल पाखापानी भनेर टिपाएको र दाइ आउने भनेपछि कोठामा जान दिएको प्रहरीलाई बयान दिएका छन्।

सामान्यत: एउटै कोठामा बसेका पाहुना कोठाबाट निस्किँदा सँगै निस्किनु पर्नेमा ती युवकले बिहान ८ बजेतिर पैसा बुझाए पनि कति बेला निस्किए भन्ने आफूले ख्याल गर्न नसकेको होटल सञ्चालकले बताएका छन्।

प्रहरीले होटल सञ्चालकसँगै समीक्षालाई घरबाट ल्याउने युवक र अरू केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र पौडेलले घटनासँग जोडिएका शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गर्ने र थप अनुसन्धानको काम भइरहेको जानकारी दिए। उनीसँग शुक्रबार राती होटलमा बसेका युवक को हुन् भन्नेचाहिँ अहिलेसम्म पत्ता लागेको छैन। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>