कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरवस्तीस्थित सीमा क्षेत्रबाट अबैध लागूऔषध खैरो हेराइनसहित तीन जना भारतीय नागरिकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
नेपालतर्फ पैदल आउदै गरेका तीनै जनाको शरीर जाँच गर्दा खल्तीमा लुकाई राखेको अवस्थामा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
उनका अनुसार भारत पलियाका २८ वर्षीय सुमित गुप्ता, सोही ठाउँका २४ वर्षीय लबि गुप्ता र २७ वर्षीय बबि महेन्दुको साथबाट ७८.३७ ग्राम लागूऔषध खैरो हेरोइन र भारतीय रुपैयाँ १५ हजार बरामद भएको छ ।
तीनै जनालाई नियन्त्रणमा लिएर कानून बमोजिम थप अनुसन्धान भइरहेको कंचनपुर प्रहरी प्रवक्ताले बताएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया