Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ साउन ०८ गते आइतबार

यू-१४ मैत्रीपुर्ण फुटबलमा बैलौरीको जित सुदूरपश्चिम फुटबल संघ र कञ्चनपुर जिल्ला फुटबल संघ द्धारा बेलौरी फुटबल क्लब लाई पाँच थान बल हस्तान्तरण

ञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा आयोजना भएको यू- १४ मैत्रीपुर्ण फुटबल खेलमा बैलौरी फुटबल क्लबले जित हात पारेको छ।
सनिवार महेन्द्रनगरको खुलामञ्चमा आयोजना भएको मैत्रीपुर्ण फुटबलमा यू-१४ बेलौरी फुटबल क्लबले महेन्द्रनगर फुटबल टिमलाई हराएको हो।
खेलको पहिलो हाफमा बेलौरी फुटबल क्लबले महेन्द्रनगर फुटबल टिमलाई २-० गोलको अग्रता कायम राखेको थियो। दोस्रो हाफमा महेन्द्रनगर फुटबल टिमले बेलौरी फुटबल टिम माथी ३-२ गोलको अग्रता कायम राखेको हो। खेलको अन्तिम तर्फ बेलौरी फुटबल क्लबले पुनः एक गोल गर्दै ३-३ गोलको बराबरीमा खेल सकिदा अन्तिम निर्णयका लागि खेल ट्राइबेगरमा पुगेको हो। ट्राइबेगरमा ४-४ गोलको बराबरी हुदा सडन डेथमा बेलौरीले महेन्द्रनगर लाई हाराउदै बिजय भएको हो।
अहिलेसम्मको इतिहासमा खेलाडीहरु को लगाब संगै आफ्नो व्यक्तिगत आर्थिक व्यवस्थापन गरेर कञ्चनपुरको दक्षिणी क्षेत्रबाट मैत्रीपुर्ण फुटबल खेल खेल्नको लागि यू-१४ पुरुष फुटबल टिम महेन्द्रनगरको खुलामञ्चमा आएको पहिलो चोटि हो। टिमले राम्रो प्रदर्शन गर्न सफल भयो। एन्फा कञ्चनपुर फुटबल प्रशिक्षक पुष्कर शाहिले भन्नू भयो। उनले भने, यसरी एउटा खेलकुदले समेत खेलको माध्यम बाट भाइचारा तथा सद्भाव बढाउने उद्देश्यले मैत्रीपुर्ण फुटबल खेलमा सहभागी हुने खेलाडी लगायत लाई टिम प्रशिक्षक, व्यवस्थापक लाई धन्यवाद समेत दिए।
स्थानीय सरकारले बिकासको नाममा भए भरको आर्थिक बजेट भौतिक क्षेत्रमा छुट्याउने गर्दा खेलकुद क्षेत्रमा कुनै चासो नदेखाएको खेलाडीले गुनासो गरेका छन् । नगरपालिकाले फुटबलको नाममा एउटा फुट्न लागेको एउटा बल दिएको थियो, त्यसैमा चित्तबुझाउदै आफ्नो खेलकुद लाई निरन्तर दिएको थियौ र आज सुदूरपश्चिम प्रदेश फुटबल संघ र कञ्चनपुर जिल्ला फुटबल संघले पाच थान फुटबल दिदा धेरै खुसी भएका छौँ , साथै सम्पुर्ण खेलाडिको तर्फबाट दुबै संघलाई धन्यवाद दिन्छौं र आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेका छौ। खेलाडीले भने।
मैत्रीपुर्ण खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ , जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द वरिष्ठ उपाध्यक्ष रमेश चन्द , उपाध्यक्ष केशब चन्द, महासचिव नितेश रावल ,एन्फा प्रशिक्षक पुष्कर शाही, एन्फा रेफ्री राम सिंह साउँद लगायतको खेलाडी खेलप्रेमिको उपस्थितिमा पाँच थान बल बेलौरी फुटबल क्लब लाई हस्तान्तरण गरिएको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो।
खेलाडीको लगाबले दक्षिणी क्षेत्र खेलकुदमै अब्बल भएर आफ्नो क्षेत्रको पहिचान समेत गराउन सफल भएको छ। दक्षिणी क्षेत्र भनेको खेलाडी उत्पादनको उर्वर भुमिका रुपमा समेत चिनिन्छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>