Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन १२ गते बिहिबार

देखतभुलि बाट बाघकाे छाला सहित २ जना पक्राउ ।

कञ्चनपुरको देखतभूली गाँउबाट चितुवाको छाला सहित दुई जना पक्राउ परेका छन । गयराती प्रहरीको टोलीले कृष्णपुर नगरपालिका ३ देखतभूली निरन्जन मल्लको धानबारीमा लुकाई रहेको अवस्थामा चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्र बहादुर शाहले विशेष सुचनाका आधारमा ईप्रका झलारीका इन्चार्ज प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिहको नेतृत्वमा ईप्रका झलारी सहित, सुदूरपश्चिम प्रदेश कार्यालय, र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले चितुवाको छाला बरामद गरेको बताए ।

चितुवाका दुई छाला बरामदकासाथै उक्त गैर कानुनी काममा संलग्न भएका एक महिला सहित दुई जनालाई पक्राउ गरिएको छ । प्रहरी प्रवक्ता शाहले ८ फिट ४ इन्च लम्बाई, ३ फिट चौडाई र ७ फिट २ इन्च लम्बाई र २ फिट चौडाईका दुई थान छाला बरामद गरिएको बताए । चितुवाको छाला तस्करीमा डडेल्धुरा अमगढी नगरपालिका काँडेकी ४० बर्षिया मालती मल्ल(सेट्टी) र सोही गाँउका २९ बर्षिया मोहन सार्की पक्राउ गरेका छन । मालती मल्ल आफ्नो माईती घर देखतभुतली बस्दै आएका छिन । डडेल्धुराबाट कञ्चनपुर हुँदै भारत तस्करीका लागि ल्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले मुख्य तस्करसम्म पुग्नका लागि थप अनुसन्धान भईरहेको जनाएको छ ।

६ बर्ष अघि तत्तकालिन आरआईटी सुदूरपश्चिमको नेतृत्व गरेका प्रहरी नायब निरीक्षक (हाल, प्रहरी निरीक्षक ) बिरेन्द्र जोहारी नेतृत्वमा बन्यजन्तुका तस्कर तह लगाएका थिए । प्रहरीले कञ्चनपुरमा बर्षौंपछि बन्यजन्तुका तस्करमाथि एक्सन गरेको छ । उनीहरुलाई वन्यजन्तु संरक्षण ऐन अन्तरगत कार्बाही हुनेछ । खुलेयाम तस्कर समुहले बन्यजन्तुको शिकार गर्दा समेत कैलाली कञ्चनपुरमा वन संरक्षणमा जुटेका सरकारी गैर सरकारी कार्यालय निकायमाथि चुनौती थपिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>