Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ साउन १५ गते आइतबार

तराई हुदै डडेलधुरा तर्फ पनि लागू  औषद काराेबार गरिरहेका  युवा पक्राउ

डडेल्धुराकाे अमरगढी नगरपालिका–५ बागबजारस्थित तेज बोहराले सञ्चालन गरेको ग्रिन लजको तेस्रो तलामा लागूऔषध खैरोहिरोइनको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले कञ्चनपुको शुक्लाफाँटा नगरपालिका–९ का २८ वर्षीय दिपेश ऐर, झलारी सिसैयाका २६ वर्षीय शैलेन्द्र सिंह र डडेल्धुराको अमरगढी नगरपालिका–६ का २६ वर्षीय अनिल ताम्राकारलाई शुक्रबार राति ९ बजेतिर पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।

उनीहरूको साथबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने खैरो रङको पदार्थ २.५० ग्राम, नगद ४३ हजार ३ सय ५० रुयैयाँ र ३ थान मोबाइल बरामद गरिएको डीएसपी भट्टले जानकारी दिए।डडेल्धुरामा हालै काज सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले एक्सन लिन थालेका छन्।

गत बिहीबारदेखि जिल्लाको कामण्ड सम्हालेका भट्टले लागूऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेका छन्।उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डीएसपी भट्टले जानकारी दिए। प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको भएपनि आइतबार मात्रै सूचना सार्वजनिक गरेको हो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>