Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ साउन १६ गते सोमबार

फेसबुक लाईभ गर्दा कुटिए बैतडीका युवाँ

कैलालीमा फेसबुकमार्फत ट्याङकर दुर्घटनाको लाइभ प्रसारण गरेको भन्दै एक युवक कुटिएका छन्। जिल्लाको गोदावरी नगरपालिकास्थित अत्तरिया बसपार्क क्षेत्रमा बैतडी घर भएका जनकराज (जेआर) भट्टमाथि कुटपिट भएको हो।


कुटिएका भट्टले आज बिहान १० बजे अत्तरिया बसपार्कमा आफूमाथि कुटपिट भएको बताएका छन्। ‘जिन्दगीमा कहिल्यै नसोचेको घटना घट्यो’, कुटपिटपछि धुरुधुरु रोएर फेसबुकमा लाइभ गर्दै जेआरले भनेका छन्,‘अत्तरियामा ट्याङकर दुर्घटनाको लाइभ गरेको विषयलाई लिएर म माथि कुटपिट भएको छ। हिरो बन्न खोज्छस् ? भनेर ४/५ डडेल्धुराका र गुरुङहरुले मिलेर बिहान १० बजेतिर मलाई कुटे। अहिले म धनगढीको मायामेट्रो अस्पतालमा उपचाररत छु।’


कुटपिटपछि शरीरमा चोट लागेको उनले बताए। यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीमा कुटपिटबारे ठाडो निवेदन पनि दिएको उनले बताए। जेआरका नामले टिकटकमा लोकप्रिय बनेका जनकराज भट्ट सुदूरपश्चिमका देउडा कलाकार समेत हुन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>