Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ साउन १६ गते सोमबार

फेसबुक लाईभ गर्दा कुटिए बैतडीका युवाँ

कैलालीमा फेसबुकमार्फत ट्याङकर दुर्घटनाको लाइभ प्रसारण गरेको भन्दै एक युवक कुटिएका छन्। जिल्लाको गोदावरी नगरपालिकास्थित अत्तरिया बसपार्क क्षेत्रमा बैतडी घर भएका जनकराज (जेआर) भट्टमाथि कुटपिट भएको हो।


कुटिएका भट्टले आज बिहान १० बजे अत्तरिया बसपार्कमा आफूमाथि कुटपिट भएको बताएका छन्। ‘जिन्दगीमा कहिल्यै नसोचेको घटना घट्यो’, कुटपिटपछि धुरुधुरु रोएर फेसबुकमा लाइभ गर्दै जेआरले भनेका छन्,‘अत्तरियामा ट्याङकर दुर्घटनाको लाइभ गरेको विषयलाई लिएर म माथि कुटपिट भएको छ। हिरो बन्न खोज्छस् ? भनेर ४/५ डडेल्धुराका र गुरुङहरुले मिलेर बिहान १० बजेतिर मलाई कुटे। अहिले म धनगढीको मायामेट्रो अस्पतालमा उपचाररत छु।’


कुटपिटपछि शरीरमा चोट लागेको उनले बताए। यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीमा कुटपिटबारे ठाडो निवेदन पनि दिएको उनले बताए। जेआरका नामले टिकटकमा लोकप्रिय बनेका जनकराज भट्ट सुदूरपश्चिमका देउडा कलाकार समेत हुन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>