Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ साउन २० गते शुक्रबार

रन्जित तामाङ्ग केपि ओलि संग चुनावि प्रतिस्पर्धा गर्ने ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व विद्यार्थी अध्यक्ष रञ्जित तामाङ चुनाव लड्ने भएका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट ओलीका विरुद्ध तामाङ चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । सरकारले मंसिर ४ गते चुनावको समिति घोषणा गरेपछि तामाङले ओलीसँग चुनाव लड्ने सार्वजनिक गरेका हुन् ।  

पाँच दलीय गठबन्धनमा सहभागी माओवादी नेता तामाङले टिकट पाए चुनाव लड्ने बताए । ‘हामी पाँच दलीय गठबन्धनमा छौ । गठबन्धनमा समझदारी बनाएर चुनावमा होमिनु छ’ तामाङले भने, ‘गठबन्धनबाट झापा क्षेत्र नम्बर ५ माओवादी भागमा परेमा म केपी कमरेड विरुद्ध उठ्छु । चुनाव जितेरै देखाउँछु ।’ गठबन्धनबाट आफूले टिकट पाउँने भएकाले ओली संगै चुनाव लडिने तामाङको भनाई छ ।

२०७४ सालको चुनावमा ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर विजयी भएका थिए । ओलीका प्रतिद्वन्द्वी काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए ।

 ओलीले माओवादी र राप्रपासँग गठबन्धन गरेर चुनाव जितेका थिए । काँग्रेसका अधिकारी एकल रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला कुल १ लाख ३७ हजार ५१४ मत रहेकोमा ९३ हजार ४८ मत खसेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>