Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
झलारि
२०७९ भदौ ०२ गते बिहिबार

शुक्लाफाटाकि २५ बर्षिय महिलाकाे सुसाइड नाेटमा भेटियाे छ जनाकाे नाम

शुक्लफाँटा नगरपालिकामा एक महिलाले सुुसाईटी नोट लेखेर आत्महत्या गरेको घटना चर्किदै छ । घटना रहस्यमयी भएको भन्दै आफन्त र गाँउलेले घटनाको सुक्ष्म अनुसन्धान गर्न माग अघि सारेका छन । 

सेनाका मान्छेसंग प्रेम सम्बन्ध रहेको भन्दै गाँउमा हल्ला चलेपछि घटना भएकाले सेनाका कुन मान्छे हुन, उनलाई समेत झिकाएर प्रहरीले अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ ।

शुक्लाफाँटा नगरपालिका ७ कालापानीकी २५ बर्षिया शान्ति देवी धामीले गत ३० साउनमा सुसाईटी नोट लेखेर आत्महत्या गरेकी थिईन । उनले गोमती धामी, डबले कुँवर, लोकेश धामी, नाना धामी, बाबु महरा, उमेश भनिने ६ जनाको नाम उल्लेख गरेर आत्महत्या गरेको मृतक जानकीका दाजु हरिसिह महराले बताए । ‘मेरै बहिनी हुन, ६जनाको नाम उख्लेख गरेर आत्महत्या गरेको पाईयो, ‘उनले भने, ‘घटनाले सुक्ष्म तथा गहिरो अनुसन्धान होस, दोषिमाथि कार्बाही गर्नुपर्यो ।’ 

मृतक जानकीका दाजु हरिसिह महराले सुसाईट नोटमा नाम उल्लेख भए अनुरुप ईंप्रका झलारीमा किटानी दिएको बताए । तर, गाँउलेहरुले मृतक महिलासंग अवैध सम्बन्ध राख्न खोज्ने सेनामाथि समेत छानबिनको माग अघि सारेका छन । सेना निकुञ्जको संरक्षण गर्न आएका हुन, कि कुनै महिलासंग अवैध सम्बन्ध भन्दै गाँउमा सेनाप्रति प्रशन तेस्र्याईरहेका छन । सेनाले समेत यस्ता मार्यादा विपरित काम गर्नेमाथि छानबिन गरेर कार्बाही गर्नुपर्ने स्थानीयको सुझाव छ । 

घटना पेचिलो र रहस्यमयी भएकाले सुसाईट नोटमा उल्लेख भएका मान्छेमाथि मात्रै छानबिन हुन्छ, वा मौखिक आरोपित सेनामाथि समेत छानबिन हुने विषयमा स्थानीयले जिज्ञासा राखेका छन ।

ईलाका प्रहरी कार्यालय झलारीले घटनाको छानबिन भईरहेको जनएको छ । मृतक पक्षले घटनाको निष्पक्ष, स्वतन्त्र छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । महिला अधिकारकर्मीले समेत शान्तिको मृत्यु प्रकरणबारे सतही रुपमै छानबिनको माग अघि सारेका छन ।

कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्दले घटना निन्दनिय भएको बताउँदै घटनाको निष्पक्ष छानबिनको माग अघि सारिन् । उनले महिलालाई मर्न बाध्य गराउनेमाथि कानुनी कार्बाहीमा कुनै कसर बाँकी नराख्नुपर्ने बताईन । ‘घटनामा कुनै राजनीतिक रंग नदिउनु, प्रहरी शक्ति र पैशाको पछि नपरोस, ‘उनले भनिन, ‘निष्पक्ष भएर मात्रै अनुसन्धान अघि बढोस, दोषिलाई छुट, निर्दोषलाई फकाउने काम बन्द गरियोस ।’ 

अर्की महिला अधिकारकर्मी माया नेगीले घटना दुखत भएको बताउँदै शान्तिलाई आत्महत्या गर्न बाध्य पार्ने सबैमाथि निष्पक्ष छानबिन गरेरदोषि उपर कार्बाही हुनुपर्ने बताईन । उनले घटनाको सतहिमै जानुपर्ने बताईन । किटानी लाई मात्रै आधार बनाउँदा फेरी पनि समाजमा यस्ता घटना घटने भएकाले थप गहन तरिकाबाट अघि बढ्नुपर्ने सुझाव दिईन । 

यस घटनामा समेत दोषिलाई उन्मुक्ति र निर्दोष फसाउने काम भए आन्दोलनको चेतावनी दिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>