बैतडीको सिगास गाउँपालिकामा बिहिबार राती युवा युवती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सिगास गाउँपालिका–५ खैरीकोटमा युवा युवती झुण्डिएको अवस्थामा मृत फेला परेका हुन ।
सिगास गाउँपालिका–३ खैरिकाेटमा युवा युवती एउटै रसखमा झुण्डिएकाे अवस्थामा मृत फेला परेका छन । गाउँपालिका ३ २० वर्षीय रमिता कुमारी बिक र सोही ठाउँका २० वर्षीय केशव दमाईको खैरीकोटस्थित चिउरीको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका वरिष्ठ नायव निरीक्षक सुरजबहादुर चन्दले जानकारी दिए ।
‘रुखको एउटै हाँगामा चुन्नीले पासो लगाएर झुण्डिएको अवस्थामा शव छ, घटनास्थलको मुचुल्का सकेर शव पोष्टमार्टमका लागि ल्याउँदैछौँ ।’ उनले भने, ‘घटनाको बारेमा विस्तृत विवरण आइसकेको छैन ।’
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी शिवलिंगबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया