Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ भदौ ०८ गते बुधबार

नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेका खेलाडी लाई वडा अध्यक्षको साथ

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा खेलाडीले  वडाध्यक्षाको साथ पाएका छन् ।

जिल्ला दक्षिणी क्षेत्र खेलकुदमा राम्रो पहिचान बनाउन सफल भएको जहाँ खेलाडीको खेल खेल्ने सपना भएता पनि भौतिक संरचना ,खेलकुद सामग्री नहुदा मार्कामा परेका खेलाडी लाई खेलकुदमा अग्रसर बनाउने उद्देश्य अनुरुप खेलाडीले वडाध्यक्षको साथ पाएका हुन।

बुधबार बेलडाँडि गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष इन्द्रबहादुर खड्काले खेलाडी लाई खेल खेल्नका र अभ्यासमा होमिएका महिला र पुरुष फुटबल खेलाडी लाई खेलकुद सामग्री हस्तान्तरण गरेका महिला खेलाडी रितु शाहले बताईन।

उनले भनिन् ' राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशको पोखरामा ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता -२०७९ असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने हुँदा जिल्ला छनोटको लागि फाराम भरेका हिमसागर युवा क्लबका महिला र पुरुष फुटबल खेलाडी लाई सहज होस् भनी फुटबल र मार्कर सहयोग गर्दा हामी सबैजना खेलाडी हर्षित भएका छौँ ।' यसरी आगामी दिनमा पनि खेलाडीको मर्म बुझेर अझै सहयोगको अपेक्षा राख्छै उनलाई सम्पुर्ण खेलाडीको तर्फबाट धन्यवाद समेत दिन्छौं ।'

वडाध्यक्ष खड्का बेलडाँडी गाउँपालीका वडा नम्बर -५ बाट नेपाली  कांग्रेस बाट निर्वाचित वडा अध्यक्ष हुन।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>