Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ १६ गते बिहिबार

आज गाै:रा काे पहिलाे बिरुडा भिजाउने, यसरी मनाईन्छ गाै:रा ।

सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा बिहिबार देखि शुरु भएको छ । बिहिबार पञ्चमीका दिनदखि गौरा पर्व शुरु भएको हो ।

बिहिबार पञ्चमीका दिन बिवाहित महिलाहरुले बिहानै स्नान गरी घरघरमा बिरुडा राखिसकेका छन् ।

घरको एक कोठामा गाईको गोबरले लिपपोत गरी तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर पञ्चअन्न गहुँ, मास, गहत, गुरौँस र केराउ भिजाएर राख्ने गर्दछन् ।

जसलाई बिरुडा भिजाएको भनिन्छ । गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो ।

गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार वर्त रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा “बिरुडा” अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गरिएको छ ।

महादेव वर पाउन देवी पार्वतीले गरेको कठोर तपस्या र व्रतको सम्झना गर्दै सुदूरपश्चिममा पौराणिककालदेखि गौरा मनाइँदै आएको धर्म सस्कृतीका जानकार बताउछन्


बिगत ३ वर्षदेखि कोरोनाले प्रभावित बन्दै आएको गौरा यस वर्ष चहलपहल बढेको छ  । बिदेशिएका दाजुभाईहरु पनि गौराका लागि घर फर्किसकेका छन् ।

गौराको पहिलो दिन पञ्चमि तिथिः
भाद्र सुक्ल पक्षको पञ्चमी तिथि देखिनै गौरा पर्व प्रारम्भ भएको मानिन्छ । शुक्रबार देखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेसको सबैभन्दा महत्वपुर्ण पर्वको रुपमा मानिने गौरा पर्व भाद्र सुक्ल पञ्चमिको दिन तामाको भाडामा गहुत, माँस, गहु गुरौस र केराउ पाँच अन्न मिसाएर महिलाहरुले फाग गाउदै भिजाउने गर्दछन । ति भिजाएको ५ अन्नलाई बिरुडा भनिन्छ ।

सुर्य सष्टीः
पञ्चमिको दाश्रो दिन सुर्य सष्टी पर्दछ । त्यस दिन पञ्चमिको दिन भिजाएको बिरुडालाई नजिककैको पानिको न्वाला (पधेरी)मा लगेर फाग गाउदै धुने चलन रहेको छ । बिरुडा सफा गरिसकेपछि सबैले एउटै ठाँउमा देव घरमा राख्ने चलन पनि रहेको छ ।

सप्तमि तिथिः
गोरा पर्वको तेश्रो दिन सप्तमी तिथि पर्दछ । सप्तमीको दिन साझँको समयमा दिनभरि उपासना बसेका महिलाहरु नुहाइ धुवाइ गरि देव घरमा जम्मा हुने गर्दछन । यस दिन देवघरमा पबित्र मानिएको पिपल जामुन, पङ्यिो, आँप, औलोका स्याउलालाई एक ठाउमा जम्मा गरि कलस स्थापन गरिन्छ । जसलाई स्थानिय भाषामा पञ्चबल्लव पनि भन्ने गरिन्छ ।

यो पञ्चबल्लवसँगै सौ,बल, धान, गोरेफल मिलाएर एउटा गोरा देविको मुर्ति बनाइन्छ त्यो मुर्तिलाई गौरा देविको संज्ञा दिइन्छ ।

गौरा सँगसँगै एउटा काठको मुर्ति पनि बनाइन्छ जसलाई महेश्वरको संज्ञा दिइन्छ । गौरोको र महेश्वरको मुर्तिमा बिवाहित महिलाहरुले घाँटीमा लगाउने पहेलो र रातो रङ्को दुवधागो झुन्ड्याइएको हुन्छ ।

सोहि दिन साँझ सबै महिलाहरु पुजा आज गरी अस्टमि अर्थात भोलिको दिन गौरा पर्वको महत्वपुर्ण दिनको तयारी गर्ने गर्छन ।
अष्टमी तिथि अर्थात अठेवालीः
गौरा पर्वको महत्वपुर्ण दिन हो अस्टमी अर्थात अठेवाली । यस दिन उपासना बसेका बिवाहित महिलाहरुले देवघरबाट गोरा निकालेर गोराखला (गोरा खेलाउने स्थल) मा लिएर जान्छन ।

महिलाहरु यस दिन समयमा गौरा देवि र महेश्वरको मुर्तिलाई पुजा आजा गरि अस्टमिको दिन गाइने अठेवाली गित गाउने गर्दछन । पुरुषहरुले दमाहा बजाउने, देवताको थानमा पुजाआजा गर्ने र देउडा खेल्ने गर्दछन ।

महिलाहरुले पुजाआजा सँगै अठेवालि गाइसकेपछि बिरुडाले आफन्तजन, श्रीमान, छोराछोरीको शिरमा चढाँउने गर्दछन । त्यसैदिन देखि एक हप्ता देखि १० दिनसम्म गौरा पर्व पुजापाठ सँगै देउडा खेलेर यो पर्व मनाइन्छ ।

गौरा सेलाउनेः
ठाउँ अनुसार गौर पर्व फरक फरक दिन बिर्सजन गरिन्छ जस्लाई गौरा सेलाउने भनिन्छ । यस दिन बाजागाजाका साथ सजाएर राखेको गौरादृपवको मुर्तिलाई जंगलको पबित्र रुखमुनि पुजा आजा सहित बिर्सजन गरिन्छ । यस दिनलाई नै गौरा सेलाउने भनिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>