Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ भदौ १८ गते शनिबार

शुदुरपश्चिमेलिकाे प्रमुख चाँड गाैरा काे अठेवालि पर्व आज बिभन्न ठाउँमानाइदै
दार्चुला धाप गाैरा

सुदुरपश्चिमेली हरुको महान चाड गौरा पर्व को आज प्रमुख दिन गौराष्टमी अर्थात अठेवाली पर्व मनाईदै छ । गौरा देवीलाई मठ मन्दिर तथा घर भित्र वाट वाहिर ल्याई गौरी तथा शिव अर्थात उमा महेश्वरकोे पुजा अर्चना गर्दे धुमधाम संग पर्व मनाईदै छ।

आज विहानै ब्रतालु महिलाहरुले न्वाईध्वाई गरी गौरा खला मा गई गौरा देवी लाई वाहिर ल्याएर उमा– महेश्वरको पुजा अर्चना गरेपछि सप्तमीको दिन गौरा देविमा आफुले चढाएका दुव धागो लाई निकालेर गलामा लगाउने गर्दछन । अमर–अटलको प्रतिक दुवोको समेत पुजा गरीने भएकाले आजकै दिनलाई दुर्वाष्टमी पनि भन्ने चलन छ ।

सप्तमिका दिन शुद्ध कासले वनाएर घरमा भित्र्याएको गौरा देविको मुर्ति र काठको महेश्वरको मुर्ति लाई घरवाहिर ल्याएपछि ब्रतालु महिलाहरुले पालैपालो ति गौरा देवी र महेश्वर लाई टाउको मा राखी खेलाउने गर्दछन ।
यसरी खेलाउदा उनीहरुले गौरा गित (फाग) गाउने चलन छ ।

दिनभरी उमा महेशवरको पुजा अर्चना गरिसकेपछि, भिजाएका राखिएका बिरुडा (पञ्चअन्न) लाई वाडेर ब्रत वसेका महिलाहरुले आ–आफ्ना घर लैजाने विरुडा केहि भागले घर परिवार का सदस्यलाई पुज्ने र वाकि रहेको विरुडा लाई भुटेर प्रसादको रुपमा खाने गर्दछन ।

अठेपालिकै दिन देखि विभिन्न मठ मन्दिर , चौक चौतारामा महिला तथा पुररुषहरु देवि देवताका गाथा सहितका गित गाउदै देउडा खेल्ने चफन रहेकाे छ ।

गौरा विसर्जन नगरीए सम्म गोरा घर, विभिन्न सार्वजनीक स्थलहरुमा पुरुष तथा महिलाहरु छुट्टा छुट्टै रुपमा गोलवद्ध भई देउडा, धुमरी, ढुस्को लगायतका खेल खेलेर मनोरञ्जन गर्ने चलन रहि आएकाे छ ।

पछिल्लो समय गौरा पर्व सुदुरपश्चिम र राजधानि काठमाणडाैमा मात्र नभई  शुदुरपश्चिम मुल घर भै छरिएर रहेका नेपालिले अमेरिका, अष्ट्रेलिया लगायतका देशमा समेत मनाउदैआएका छन  । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>