Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ १८ गते शनिबार

तिलाचाैरमा भब्य बिसरति मेलाकाे आयाेजना हुने, यस्ताे छ किवदन्दि

भाद्र २० गते भीमदत्त नगरपालिका वडा नम्बर ८ तिल्केनीमा बिषरति मेला लाग्ने भएकाे छ । वडा १० मा अवस्थित दुर्गादेबी मन्दिरबाट पूजा सुरु भई भीमदत्त नगरपालिकाको वडा नम्बर ८ मा रहेको त्रिभुवन मा वी को प्राङ्गणमा भव्य मेलाको आयोजना गरिने मेला व्यवस्थापन समिति संयोजक धर्मेन्द्र थापाले जानकारी दिएका छन् ।

बि.स.२०२८-०२९ सालबाट दुर्गाकाे पुजा आजा सुरु गरेकामा २०३४ साल बाट आफनो परम्परा अनुसार मेलाको आयोजना निरन्तर गरिरहेकाेमा कोरोनाको समयमा २ वर्ष नलागेको मेला यो वर्ष धुमधामका साथमा लाग्ने थापाले बताए ।

भदौ २० गते बिहान पूजाआजा गरिने र राती भजन र देउडा खेल खेलिने भीमदत्त नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मदनराज मिश्रले जानकारी दिए । रातिकाे समय र भिड ठुलाे हुने भएका कारण सुरक्षा का लागि प्रमुख जिल्ला अधिकारी लाई अनुराेध गरिएकाे छ । मेलामा राति चाहिने विजुली बत्ती स्वयमसेवक तथा अन्य आर्थिक खर्चको व्यवस्थापन वडाबाट ब्यावस्थापन गर्ने वडा अध्यक्ष मिश्रले बताए ।  मेलामा जिल्ला बाहिर बाट समेत सहभागी हुने गरेका छन् ।

मेलामा सहभागी देउडियाहरुलाइ सम्मान समेत गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर जप्रेल ले बताए। मेलालाई सभ्य र भव्य बनाउन सबै जिल्लावासीलाई अनुरोधका साथै मेलामा सहभागी भै दिन आग्रह समेत आग्रह गरेका छन् ।

दुर्गादेवी काे मेला लाग्ने यस्ताे छ मान्यता ।

विसौरात्री अपभ्रश भएर बीसरती भएको मानिन्छ। पहिला शिव पार्वती बिबाह भएपछि केलिकृडा गर्दै शिव अदृश्य भए छन्।उनको खोजी गर्दा भगवती पार्वती देवी शिवले महालिङ्गको रुपमा अदृश्य भएर बसेको स्थानमा पार्वती आइपुगिन् तर शिवलाई अदृश्य अवस्थामा रहेको प्रत्यक्ष नभेटाएकोले भगवती देवी कदाइतेनी बुढीको घरमा साँझको बेला पुगिन् र उनी बुढीले स्त्री रुपमा आएकी पार्वती साथ भनिन - साँझको पाहुना देवता सरह हुन्छ हजुर बस्नुहोस् भनेपछि देवी त्यही बस्नु भयो।

तर बुढीले आफु संग खानलाई केही छैन भनेपछि स्त्रीरूपी देवीले तिम्रो भकारीमा धान छ तिमी हेर त भन्दा आफ्नो रित्तो भकारीमा धान भेटाएकोले आश्चार्य मानी खुसी भई धान कुटेर ल्याइन र चामल देवीको अगाडि राखिन तर भात संग खुवाउन गोरस् छैन थारो गाई छ म के खाना दिउँ भन्दा तिम्रो गाई गोठमा व्याएको छ हेर्न जाऊ भनेर अराइन्। जाँदा साँच्चै गाई ब्याएको देखेर अचम्मित हुँदै गाई दुहेको सबै दूध तिनै स्त्रीलाई दिइन्।

यति भए पछि स्त्रीले बुढिलाई तिमी आफ्नो ठाउँमा जाऊ म पकाएर खान्छु तर मलाई नहेर्नु भनिन तर उनले खिर पकाएर पस्की खाउ भन्ने बेला बुढीले चिहायार हेरेको देखेपछि ती स्त्री रूपी देवी पस्केको आहार खाना छोडेर हिँडिन्।

त्यसपछि बूढीलाई पश्चाताप लागेर "चा, चा" गर्दै तिनै स्त्रीको पछि खिरको भाडा लगेर पीछा गरिन। ती स्त्री पनि महालिङ्ग रुपमा लुकेका शिवको माथिल तिर बाट भागेर फेरि तल्लो पट्टी जिऊलाको थलोमा बसिन र यसै भाद्र २० गतेका दिन डर लागेको अभिनय गर्दै बसिन। उत्तर तिर बस्दा दया लाग्दो स्वरुपमा देखिएकोले पुङ्ग्वीदेवी र ठाँउलाई पुन्या स्वारो भनिन्छ।
त्यसपछि जिउलाको मध्य भागको थलोमा बस्दा थलीकी देवी भनेर यस दिनलाई पूजा गरिन्छ भने शिवले पनि वास्तविक दर्शन भगवती देवीलाई दर्शन दिएकोले उनकै अभिनय गरेर जात्रा मनाइन्छ। स्राेत-लक्ष्मिकान्त जाेशी( भक्त गुरु) खैरेनी

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>