Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ १८ गते शनिबार

बेल्डाडिमा गाैरा संगै फुटबलकाे राैनक

कञ्चनपुरको बेलडाँडी यतिबेला गौरा पर्वको रौनकसंगै खेलकुदकाे राैनक छाएकाे छ । हरेक बर्ष सुदूरपश्चिमेलीहरुको महान गौरापर्वसंगै स्थानीय आयोजक अलस्टार युवा क्लबले गौरा पर्वकै अवसर पारेर खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

दुई बर्ष कोरोना महामारीकाले फुटबल आयोजना गर्न नसकिएपछि यस बर्ष गौरा महेश्वरी मन्दिर नजिकै फुटबल प्रतियोगिता संचालन भईरहेको छ । गत बुधबारदेखि फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता बिहान र साँझ संचालन हुँदैछ । स्थानीयदेखि टाढा टाढाका फुटबल दर्शकहरुको घुईचो लाग्ने गरेको छ ।

मञ्चको चारैतिर दर्शकहरुले खचाखच भएको फिल्डमा दर्शकको हौसलाले प्रचण्ड गर्मीका विच मैदानमा उत्रिएका खेलाडीहरुलाई हौसला प्रदान गरिरहेका छन । अल स्टार युवा क्लबका अध्यक्ष चेत बहादुर शाहले सुदूरपश्चिमको मौलिक पर्वसंगै खेलकुद क्षेत्रको विकासका लागि हरेक बर्षझै यस बर्षपनि फुटबल प्रतियोगिता आयोजना गरिएको बताए ।

अध्यक्ष शाहका अनुसार एकातिर फुटबलको विकास अर्कातिर आफ्नो लोक परम्परा संस्कृति रक्षा गर्ने काम भईरहेको छ । उक्त प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । ‘विगत दुई बर्ष हामीले कोरोना महामारीका कारण प्रतियोगिता संचालन गर्न सकेनौँ, ‘अध्यक्ष शाहले भने, ‘फेरी यस बर्ष नियमित शुरु गरेका छौँ ।’

अध्यक्ष शाहले दैनिक हजारौँ दर्शकले प्रतियोगिता अवलोकन गरिएको बताए । पैदल, साईकल, मोटरसाईकल, अटो, जिपकार मार्फत पनि दर्शक बेलडाँडीको लल्लरेडाँडा आईरहेका छन । निकुञ्ज छेउमै रहेको प्रकृतिले समेत थप प्रतियोगिताको सौन्दयता थपिदिएको छ । मानिसको लोक परम्परा, नितान्त प्रकृति र स्वस्थ जिवन, राष्ट्रका लागि खेलकुद प्रतियोगिताको त्रिकोणात्मक सम्बन्ध रहेको छ ।

अध्यक्ष शाहले सेमी फाईनलमा चार टिम पुगेको बताए । आयोजक अल स्टार सहित, प्रगति समाज, बेदकोट ३ र सिहपाल युवा क्लब रहेका छन । प्रतियोगितामा विजेता टिमलाई नगद ७१ हजार, उप विजेतालाई ४१ हजार नगदका साथै प्रमाण पत्र ट्रफि प्रदान गरिनेछ ।

अलस्टार युवा क्लबका सचिव लोक बहादुर बलायकले शनिबार क्वाटर फाईनल प्रतियोगितामा हिमसागर र सिहपाल युवा क्लबविच प्रतियोगिता भएको थियो । दुवै क्लबविच दुई दुई बराबरी गोलपछी पेनाल्टीसुट आवटमा सिहपाल २का बिरुद्ध ४गोलले सेमिफाईनलको यात्रा तय गरेको थियो । दोधाराचाँदनी र बेदकोट ३विच भएको प्रतियोगितामा बेदकोट ३ ले दोधाराचाँदनीलाई १का बिरुद्ध ४ गोल गरेको थियो ।

एम्बीस युवा क्लब र प्रगति युवा समाजविच भएको प्रतियोगितामा एक एक बराबरीपछी पेनान्टी सुट आवटमा प्रगतिले २का बिरुद्ध ४गोलले सेमिफाईनलको यात्रा तय गरेको थियो ।

आइतबार सेमी फाईनलका लागि प्रगति युवा समाज भर्षेज आयोजक अलस्टार र बेदकोट ३ भर्षेज सिहपाल युवा क्लबविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन गर्दै बेलडाँडी गाँउप्रमुख हरिशचन्द्र रानाले प्रतियोगिताबाट खेल क्षेत्रको विकास हुने अपेक्षा गर्दै खेलकुद विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रण गरेका छन ।

स्थानीय, दर्शक एव खेलाडीले हरेक बर्ष गौरा पर्वलाई समेत संरक्षण गर्ने उदेश्यले अलस्टार युवा क्लबले आयोजना गर्ने फुटबल प्रतियोगिताले बेलडाँडीलाई एकातिर खेलकुद पर्यटन अर्कातिर खेलकुद विकासमा लागि टेवा पुर्याउने काम गरेको भन्दै क्लबप्रति आभार प्रकट गरिरहेका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>