Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ २० गते सोमबार

तिलाचाैरमा भब्यताका साथ बिषरति पर्व सुरु ।

राजेन्द्र बिष्ट -   कंचनपुरकाे तिलाचौरमा हुने बिसरती मेला धुमधामका साथ आयोजना भएको छ । सुदूरपश्चिममा बिसरती पर्व विशेष गरी वझाङ् जिल्लामा मात्रै मनाईने प्रचलन थियो ।

पछिल्लो समय कञ्चनपुर जिल्लामा पनि परम्परागत तथा मौलीक विसरती पर्व धुमधाम संग मनाईदै आएको छ । प्रत्येक वर्षको भाद्र २० गतेका दिन मनाईदै आएको यो पर्व बझाङी समुदाय मात्र नभई अहिले अन्य जिल्लाका वासिन्दाले समेत पर्वमा सहभागी भई भव्यताका साथ विसरती पर्व मनाउने गरेका छन् । 

माता दुर्गा भवानीले राक्षस महिसाशुर लाई मृत्युवरण गरेको खुसीयालीमा बिसरती मनाउने किवंदन्ती रहेको छ । प्रत्येक वर्ष  भाद्र महिनाको २० गते, माघ र फागुन महिनाको १६ गते  माता दुर्गाभवानीको विशेष पुजाआर्चना गर्ने गर्दछन् ।

भाद्र २० अर्थात माता दुर्गाभवानीले महिसाशुरको अधिनमा रहेको सवै ठाउँलाई मुक्त गरेको खुसियालीमा विसरती पर्व मनाउने चलन छ । यस्तै माघ १६ गते महिसासुरको छाती चिर्ने भन्दै सल्लाको काठलाई मन्दिरको छेउमा गाढ्ने प्रचलन छ भने फागुन १६ गते महिसाशुरको टाउकोमा भकुण्डो वनाएर खेलेकाे भन्दै गोरुको छालाको भकुण्डो वनाएर खेल्ने प्रचलन छ ।

पर्वमा रातभर जाग्राम वसेर महिला तथा पुरुषले देउडा, ठाडिभाका लगायतका खेल खेल्ने गर्दछन । मेलामा भगवती मन्दिर वाट निस्केको जात्रामा अगाडी– अगाडी देवीरुप काम्दै जान्छन भने पछाडि –पछाडि महिला र पुरुषको टोली ले भारी गाथा ‘चाभाई–चाभाई‘ गाउने गर्दछन ।
सम्बन्धित समाचार पनि हेर्न सक्नुहुन्छ https://samriddhipost.com/news/2338

विगतका वर्षमा कोभिडका कारण उल्लासका साथ मनाउन नसकेको विषरती पर्व यस वर्ष भने धुमधामका साथ मनाउन लागिएको हो । विषेस गरि बझाग जिल्ला वाट बसाईसरी आएकाहरुले करिव ५१ बर्य देखी यस क्षेत्रमा विषरति पर्व मनाउदै आएको भीमदत्त नगरपालीका वडा नम्वर ८ का वडाअध्यक्ष मदनराज मिश्रले बताउनु भयो ।

परम्परादेखी चल्दै आएका विभिन्न मेला महोत्सवहरु लाई संरक्षण गर्दै नया पुस्तालाई हस्तान्तरण गर्नु पर्ने र यसका लागी नगरपालिकाले गर्ने सहयोग सदैव रहने भीमदत्त नगरपालीकाका उपपूमुख निलम लेखक जोशीले बताउनु भयो ।

विगतमा सिमित क्षेत्रमा मात्रै मनाईने बिसरती पर्व पछिल्लो समय यस पर्वको लोकप्रयताले धार्मिक शहिष्णुता र परम्परागत मौलिक संस्कृतीको जगेर्ना गर्नसमेत मद्दत पुगेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>