Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
धनगढी
२०७९ भदौ २४ गते शुक्रबार

धनगढिकि आस्था नारि कवितासंगै माेहना नदिमा मृत फेला परिन

धनगढीको मोहना नदीमा एक जना किशोरीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार शुक्रबार बिहान नदीमा तैरिएर बग्दै गरेको अवस्थामा शव फेला परेको हो।

उक्त शव धनगढी-१३ की १६ वर्षीया आस्था शर्माको भएको खुलेको जोशीले बताए। ‘उनले लगाएको लुगाको खल्तीमा नारी शीर्षकमा लेखिएको कविता थियो। त्यसमा नाम आस्था शर्मा थियो,’ जोशीले भने,‘त्यसैका आधारमा उनको पहिचान खुलेको हो।’

शर्मा भदौ २० गतेदेखि हराइरहेकी थिइन्। ८ कक्षामा पढ्ने शर्माको परिवारले छोरीको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान उनले २० गते नै नदीमा हाम फालेको देखिएको छ।

‘प्रारम्भिक अनुसन्धानमा उनले प्रेम प्रस्ताव राखेका किशोरले फेसबुकमा ब्लक गरेपछि पीडा सहन नसकी आत्महत्या गरेको देखिएको छ,’ डिएसपी जोशीले भने,‘हामी थप अनुसन्धान गर्दैछौं।’ उनको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>