Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ भदौ २८ गते मङ्गलबार

कंचनपुर : सुदूरपश्चिम समाज दक्षिण काेरियाकाे नेतृत्वमा फुटवल खेलाडी सन्ताेष चयन यस्ताे छ टिम ।

कञ्चनपुर: सुदुरपश्चिम समाज दक्षिण कोरियाको नेतृत्व कञ्चनपुर जिल्लाका पुर्व फुटबल खेलाडी सन्तोष सुवर्णकारले पाएका छन् । राजधानी सिओलमा शनिबार सम्पन्न भएको सुदुरपश्चिम समाज दक्षिण कोरियाको १६ औं अधिवेशनबाट सन्तोष सुवर्णकारको अध्यक्षतामा नयाँ कार्यसमितिको सर्वसम्मत चयन भएको हो ।

लामो समय कंचनपुरमा फुटबल खेलाडीको जीवन बिताएका सन्तोष इपिएस मार्फत कोरिया भाषा उत्तीर्ण गरि कोरिया पुगेका हुन्। उनी बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगर को सिद्धेश्वरी क्लब बाट आफ्नो खेल फुटबल खेल्ने अब्बल खेलाडी समेत हुन।

१६औं कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डिल्लीराज पनेरु, उपाध्यक्षहरु टेकराज पनेरु, मदन ढकाल, भीमबहादुर जाग्री, महासचिवमा बीर भण्डारी, सचिवहरु विक्रम जोशी, रविन रिजाल कोषाध्यक्षमा, टंकेश्वर खड्का सह कोषाध्यक्षमा दिल बोहरा चयन भएका हुन् ।

यस्तै सदस्यहरूमा, ओम साउद, तीर्थराज पनेरु, प्रेमबहादुर खड्का, टेकराज ओझा, योगेश बोहरा, बसन्त बोहरा, अमर भट्ट, मानबहादुर बिष्ट, बिकास बोहरा चयन भएका छन् । जिल्ला संयोजकहरु मा कंचनपुरको लागि भोजबहादुर चन्द, डोटीको लागि नेत्रबहादुर कुँवर, डडेलधुराको लागि दशरथसिह पाली, अछामको लागि मीर रावल , दार्चुला को लागि देवेन्द्र क्षेत्री र बैतडीको लागि डबल चन्द सर्वसम्मत रुपमा चयन भएका हुन् ।

सन्तोषले आफुलाई विश्वास गरेर दिईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । उनले सो नेतृत्व सम्हाल्ने जिम्मेबारी पाएसंगै उनका सहकर्मी साथिभाईले बधाई दिईरहेका छन

सुदुरपश्चिम समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष यज्ञमान नायकको अध्यक्षतामा र कमल बहादुर शाहीको निर्वाचन संयोजकत्वमा सम्पन्न भएको १६ औं आधिवेशनको प्रमुख अतिथिमा सुदुरपश्चिम समाज दक्षिण कोरियाका प्रमुख सल्लाहकार तथा संरक्षक डा. अग्नि कोईरालाको उपस्थिति रहेको थियो। विशेष अतिथिहरुमा सुदुरपश्चिम समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार जितेन्द्र महता, बिर पाल, लाल साउद र नेपाल पत्रकार महासंघ शाखा दक्षिण कोरियाका महासचिव बासुदेव भट्टको उपस्थित रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>