Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ २९ गते बुधबार

राष्ट्रिय खेलकुदका लागि कंचनपुरमा शनिवार बाट छनाैट हुने ।

आगामी असोज २८ गतेदेखि पोखरामा हुने प्रदेश स्तरीय नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा विभिन्न खेलहरुको छनोट हुने भएको छ।

आगामी असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरामा सञ्चालनमा हुने प्रदेश स्तरीय नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न खेलमध्ये ८ वटा खेलको छनौट कञ्चनपुरमा पनि हुने भएको छ।

बुधवार कञ्चनपुर जिल्ला खेलकुद समितिले पत्रकार सम्मेलनको आयोजना गरेर ३१ गतेबाट प्रतियोगिता सञ्चालन हुने र असोज १ गते छनौट प्रतियोगिताको औपचारिक उद्घाटन हुने जानकारी दिएको हो।

उक्त छनौट प्रतियोगिताका लागि ८० प्रतिशत तयारी सम्पन्न भएको कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुवेर खड्काले जानकारी दिनुभयो । उक्त छनौट खेलमा कञ्चनपुरमा तेकान्दो, महिला भलिवल, कवड्डी, टेवलटेनीस, कराते, फुलकन्ट्याक्ट कराते, आईटिएफ तेकान्दो र  कुश्ति गरी ८ ओटा खेलको छनोट कञ्चनपुर र बाँकी खेलहरुको छनौट कैलालीमा हुने समेत उहाँले जानकारी दिनुभयो।

यस पटक पोखरामा सञ्चालन हुने ३६ खेलमध्ये ३१ खेलमा सुदूरपश्चिम प्रदेशले भाग लिने समेत आयोजकले जानकारी दिएको छ । प्रदेशका लागि जिल्ला स्तरीय छनौंट भने गत भदाै १० गतेदेखि १५ गतेसम्म आयोजना गरिएको थियो। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>