Samriddhipost
२०८१ मङि्सर १३ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज ०२ गते आइतबार

कंचनपुरकाे महिला र पुरुष फुटबल टिम फाईनलमा

सुदूरपश्चिम प्रदेश स्तरीय छनौट खेलकुद प्रतियोगिता अन्तर्गत कञ्चनपुर महिला र पुरुष फुटबल टिम फाइनल पुगेका छन् । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९  अन्तर्गत सुदूरपश्चिम प्रदेश स्तरीय छनौट खेलकुद प्रतियोगितामा कञ्चनपुरको पुरुष ,महिला दुबै फुटबल  टिम फाइनल पुगेका हुन।

आइतबार धनगढीको रंगशालामा महिला फुटबल तर्फ सेमिफाइनल खेलमा कञ्चनपुर महिला टिमले डोटी लाई पहिलो हाफमा बराबरी खेलेको थियो। दोस्रोमा कञ्चनपुर महिला टिमले एकाएक २-० गोलको अग्रता कायम राख्दै रोमाञ्चक जित निकालेको हो। जसमा कञ्चनपुर महिला टिमकि जर्सी नम्बर १५ शोभा क्षेत्रीले पहिलो गोल गर्दै अग्रता बनाएको थियो। अग्रता लाई दोब्बर बनाउदै  जर्सी नम्बर १० कि प्रिया पालले अर्को गोल थप्न पुगिन। यो सेमिफाइनलको जित संगै कञ्चनपुर महिला फुटबल टिमले कैलाली जिल्ला महिला टिम संग सोमबार असोज ३ गते दिउँसो २ बजे धनगढी रंगशालामा फाइनल प्रतिस्पर्धा गर्ने छ।

यसैगरी कञ्चनपुर पुरुष फुटबल टिमले लगातार जित निकाल्दै फाइनलको यात्रा तय गरेको छ। पहिलो खेलमा बाई पाएको कञ्चनपुर जिल्लाले आफ्नो दोस्रो खेल डोटि संग २-१ गोलको रोमाञ्चक जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको कञ्चनपुर पुरुष फुटबल टिमले आइतबार बाजुरालाई २-१ गोलले हराउदै  सुदूरपश्चिम प्रदेश स्तरीय छनौटको फाइनल पुगेको छ। सेमिफाइनलको रोमाञ्चक खेलमा बाजुराले पहिलो हाफमा १-० गोलको अग्रता गरेको थियो । भने दोस्रो हाफमा भने कञ्चनपुरका जर्सी नम्बर १४ का कुशल देउबाले टिमका लागि पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए भने लगातार कञ्चनपुरले बाजुरामा दबाब सिर्जना गर्दै जर्सी नम्बर ११ का करन पुरी ले टिम कञ्चनपुर लाई दोस्रो गोल गर्दै २-१ गोलको अन्तरले बाजुरा लाई प्रतियोगिता बाट पुर्ण बिराम लगाउदै आफ्नो फाइनलको यात्रा कायम गरेको छ। उक्त फाइनल खेल पनि कञ्चनपुर र कैलाली टिम बिच सोमबार आज दिउँसो ४ बजे नै धनगढीको रंगशालामा प्रतिस्पर्धा गर्ने छ। 

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशका पुरुष तर्फ नवौं जिल्लाको फुटबल टिमको सहभागिता रहेको थियो। भने महिला तर्फ ५ टिमको सहभागिता रहेको कैलाली जिल्ला फुटबल संघले बताएको छ। सुदूरपश्चिम प्रदेशको छनौट फुटबलको जिम्मेवारी सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले कैलाली जिल्ला फुटबल संघलाई दिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>