Samriddhipost
२०८२ फागुन ०७ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज ०४ गते मङ्गलबार

गाेदावरिका युवा खैरा हेराेइन सहित बेलाैरि बाट पक्राउ

बेलौरी नगरपालिकाबाट प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार साझतिर बेलौरी-२  बैजुडाडाबाट माेटरसाईकलमा सवार दुई जनालाई लागू औषध खैराे हिराेईन सहित पक्राउ गरेकाे  कञ्चनपुर प्रहरीले जनाएकाे छ ।

से ७ प ४४११ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्दा २१.९९ ग्राम लागु औषध (खैरो हेरोइन) फेला पारी बरामद गरिएको बेलाैरी प्रहरीले जनकारि दिएकाे छ ।

पक्राउ पर्नेमा कैलालीकाे गोदावरी नगरपालिका- ५ गेटा बस्ने ३० वर्षीय मदन बहादुर चन्द र गोदावरी नगरपालिका- ६ बडेहा बस्ने २९ वर्षीय सागर रावतले माथिल्लो शरीरमा लगाएको हरियो रङ्गको ज्याकेटको दाहिने बाहुला भित्र कालो रङ्गको प्लाष्टिकको थैली भित्र ६ वटा पोका पारी लुकाई छिपाई लागु औषध राखी ओसारपसार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएकाे ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।

उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक भण्डारीले बताए । बैसाख यता लागू औषध काराेवारी पक्राउ पर्नेकाे संख्या केही कम भएकाे उनले बताए । बर्खायामकाे समयमा सिमानाका क्षेत्रमा बाटाे राम्रो नएकाले पनि कमि आएकाे हुन सक्ने उनकाे भनाई छ ।

प्रहरी निरक्षक भण्डारीले भने अब चाड बााडका समयमा बढि जसाे ओसारपसार हुने सम्भावना हुन्छ, त्यहि अनुसारकाे सुरक्षा चेक जाँजमा कडाईकाे तयारी गरिएकाे बताउनु भयाे ।

खुल्ला सिमानाका संग जाेडिएका स्थानमा जिल्लाकाे दक्षिणी भेगमा लागू औषध काराेवारी र प्रयाेगकर्ताकाे संख्या बढदै गएकाे पाईन्छ

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>